जुम्ला– जुम्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धी ६ दिने तालिम भएको छ। तालिमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो।
महिलाहरुको उलेख्य सहभागिता रहेको कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरूलाई समेत तालिममा सहभागी गराएका थिए।
कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाज निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए।
त्यस्तै, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए।
नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौंको कारोबार गरिरहेको उदाहरण दिँदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्र्धनमा नबिल बैंकको सँधै साथ रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।