मोरङ– विरानगर महानगरपालिका-७ बाट विचौलियामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विरानगर-१९ का ४६ वर्षीय विनोद राय, विरानगर-५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विरानगर-१२ का ३९ वर्षीय शिवकुमार कामत रहेका छन्।
उनीहरूले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफूलाई कमिसन दिने फार्मेसीमाऔषधि किन्न बाध्य गराउने गरेको, सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारैजनामाथि आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।