काठमाडौं– शुक्रबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार तथा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन छापावाला सुन ९३ हजार तथा तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो। यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १८ सय ३ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।