काठमाडौं– नेकपा एमालेले ३०१ जना पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको गरेको छ। बैठकले कार्यविभाजनसँगै नेताहरुको वरियतासमेत तय गरेको छ।
एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको हो।
एमालेमा समग्र पार्टीको नेतृत्व गर्ने अध्यक्ष केपी शर्मा ओली वरियतामा शीर्ष स्थानमा रहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो स्थानमा छन्।
तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन तथा चौथोमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजनको जिम्मा पाएकी छन्।
वरियताको पाँचौं स्थानमा रहेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन्। एमालेमै रहेका पुराना नेताहरुभन्दा बादलको स्थान वरियतामा अगाडि रहेको छ। वरियतामा विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल बादलभन्दा पछाडि रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।