काठमाडौं– नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन्। सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति रहेको थियो।
सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन्। न्यूरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०,एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने छ।
नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।