काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा विजयी बनेका विश्वप्रकाश शर्माले आफ्नो जित बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित रहेको बताएका छन्।
महामन्त्रीमा जित हासिल गरेपछि पार्टी कार्यालय सानेपामा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले आफूले अझै महेनत गर्नुपर्ने र संयम हुनुपर्ने जिम्मेवारी समेत जितले दिलाएको बताए।
मत दिनेहरुको मतको कदरका साथै नदिनेहरुको मनसमेत जित्नुपर्ने प्रयास आफूले गर्ने बताए।
उनले भने, 'जसको मत मैले जितें। त्यसको मतको कदर गर्नेछु। जसले मभन्दा फरक मत राख्नुभयो, उहाँहरुको मन जित्ने प्रयास गर्नेछु।' उनले आफ्नो महामन्त्रीको जिम्मेवारी बिपी कोइरालाले जेलजीवन बिताएको सुन्दरीको जेलमा पुगेर लिने बताए। शर्माले गत भदौ २४ सोही स्थानबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।