काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा विजयी गगन थापाले तीन हजार मत नघाएका छन्।
निर्वाचन समितिका अनुसार थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ मत पाएका छन्।
खसेको मतमा थापाले पाएको मत ६४ प्रतिशतभन्दा बढी हो।
थापासँगै महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन्। उनले १९८४ मत पाएका छन्। महामन्त्रीका प्रत्याशीहरु प्रकाशशरण महत १५५०, प्रदीप पौडेलले १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।