काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महामन्त्रीमा विजयी भएका छन्।
बिहीबार गरिएको महामन्त्रीको मतगणनामा थापाले सर्वाधिक मत पाउँदै जित सुनिश्चित गरेका हुन्। थापाको जित भइसकेको भए पनि मतगणना भने जारी छ। अर्का प्रतिस्पर्धी विश्वप्रकाश शर्मा पनि विजयी भएका छन्।
४३९० मत गणना हुँदा थापाले २८२३ मत पाएका छन्। २८९ मत गणना हुनै बाँकी छ। सो मत पनि उनलाई थपिन सक्छ। सुरुवातदेखि नै उनले ६५ प्रतिशतको हाराहारीमा मत पाएका कारण २८९ को आधाभन्दा बढी मत उनले पाउने आकलन गर्न सकिन्छ।
थापाले पाएको मत सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पाएको मतभन्दा धेरै हो। देउवाले दोस्रो चरणमा भएको मतदानमा २७३३ मत पाएर विजयी भएका थिए। पहिलो चरणमा उनले केवल २२५८ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।