काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्। यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेका डा भट्टलाई गभर्नर कार्यालयले पुनः प्रवक्ताको जिम्मेवारी दिएको हो।
प्रवक्ता भट्टले आजदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन्।
अर्थशास्त्रमा विद्यावारिधि गरेका डा.भट्ट हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।