• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पौडेल समूहको अवसान, शेखर समूहको उदय

किशोर दहाल/लिलु डुम्रे बुधबार, मंसिर २९, २०७८  २१:३०
1140x725

काठमाडौं- कांग्रेस महाधिवेशन सुरु भएसँगै सबैतिरबाट एक्ल्याइएका शेखर कोइरालाले जित्ने सम्भावना त्यसै पनि कम थियो। दुई चरणको निर्वाचनले त्यसैलाई पुष्टि गरिदियो।

कांग्रेसमा नेतृत्व परिवर्तनको आकांक्षा राख्नेहरुलाई उनको हारले केही खिन्न बनाएको पाइन्छ। तर, चुनाव भनेको आखिर रणनीतिको प्रयोग र बहुमतको जोरजाम पनि हो। यसमा शेरबहादुर देउवा सफल भए, शेखर असफल। तैपनि शेखर समूहले आफूहरुले राजनीतिक विजय प्राप्त गरेको आत्मानुभूति गरेको छ।

शेखरले चुनाव जितेका भए कांग्रेसको आगामी दिनका बारेमा धेरै प्रक्षेपण भइरहेको हुन्थ्यो। जुन सामान्य उपक्रम पनि हो। तर, चुनावमै हार बेहोरेको नतिजा नै तात्तातो रहेको अवस्थामा जितेको भए यस्तो हुन्थ्यो भन्नुको औचित्य रहेन। चुनावका बेला शेखरका निम्ति जस्तो परिस्थिति बन्यो र उनले जुन अन्तरमा हार बेहोरे, त्यसले निर्माण गर्ने कांग्रेसभित्रको नयाँ परिस्थितिको चर्चाचाहिँ बरु बढी सान्दर्भिक हुनसक्छ।

औचित्य गुमाएका पौडेल
यो महाधिवेशनबाट सबैभन्दा बढी कसैले केही गुमाए भने उनी हुन्, रामचन्द्र पौडेल। यो महाधिवेशन यस्तो 'टर्निङ प्वाइन्ट' हुनपुग्यो, जसबाट पौडेलले लामो समयदेखि सजाएको पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाहनालाई पूर्णविराम लगाइदियो। जुन पंक्तिले उनलाई सम्मानपूर्वक आदर गर्थ्यो, त्यसको धरातल पनि कमजोर भयो।

सुशील कोइरालाको निधनपछि सो समूहको उत्तराधिकारीको रुपमा पौडेल उभिएका थिए। तेह्रौं महाधिवेशनमा उनले सो समूहको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा पनि गरेका थिए। तर, सुशीलको निधनपछिका पाँच वर्ष १० महिनाको अवधिपछि उनीबाट सो समूहको अभिभावकत्व फुस्किएको छ।

यस महाधिवेशनबाट पौडेलको सान्दर्भिकता पनि सकिएको छ। उनले आफूलाई प्रतिस्पर्धाको राजनीतिबाट अलग राखेका कारणले मात्रै होइन, त्यसअघि नै उनी चुकिसकेका थिए। पहिलो त, उनको अभिभावकत्वमा रहेको ठूलो समूहलाई एकीकृत राख्न सकेनन्। दोस्रो, आफ्नो समूहबाट सभापतिको रुपमा आफूलाई सर्वसम्मत बनाउन सकेनन्। त्यसपछि जे हुनसक्थ्यो, चारपाँच दिनयता भइसकेको छ।

पौडेल समूहको आधिकारिक उम्मेदवार भनेर चिनिएका भए पनि उनले शेखरलाई सहयोग गरेनन्। बरु देउवालाई भेटे, जसले गर्दा उनीहरुबीच कुनै सहमति भइसकेको जस्तो सन्देश प्रवाह भयो। निर्वाचनमा मत हाल्न नजाने, कसैको पक्षमा मुख नखोल्ने तर, देउवालाई भेट्ने उनको कदम अस्वभाविक थियो।

दोस्रो चरणको निर्वाचन हुनुअघि पनि उनले देउवा समेतलाई बोलाएर चियापान कार्यक्रम आयोजना गरे। त्यहाँ उनलाई शेखरको पक्षमा खुल्न दबाब परेको थियो। तर, उनी भने ‘विवेक प्रयोग गर्नुस्’ भन्नेजस्तो असान्दर्भिक तटस्थतामा अल्झिए। त्यसप्रति असन्तुष्ट गगन थापा, जो पछिल्लो समय पौडेल समूहमै थिए, उनले बुधबार भनेका छन्- ‘शेखर कोइराला निर्वाचन लड्दै गर्दा बलबहादुर केसी र अर्जुननरसिंह केसीबाहेक सिनियर नेता कोही देख्नुभयो? आज सबै जना नेताले छोडेर हिँड्नुभएको होइन? सबैले विवेकको मत प्रयोग गर भन्नुभएको होइन?‘

nimb
nimb
Ncell 2
Ncell 2

सबैले साथ छाड्दा पनि महाधिवेशन प्रतिनिधिहरु र आफूहरु शेखर कोइरालाको पक्षमा उभिएको र प्रतिकूल अवस्थामा पनि सानदार ढंगले निर्वाचनलाई दोस्रो चरणसम्म पुर्‍याएको थापाले बताए। ‘दोस्रो चरणमा सबैले मत घट्छ भनिरहँदा पनि उहाँले प्रतिस्पर्धा गर्नुभयो,’ उनले भने, ‘दोस्रो चरणमा ४० प्रतिशत मतसहित उहाँले आफ्नो निर्वाचन यात्रालाई टुंग्याउनुभएको छ। म शेखर कोइरालालाई यो साहसका निम्ति हार्दिक बधाई दिन चाहन्छु। सम्मान प्रकट गर्न चाहन्छु।‘

थापाको जस्तै भाषामा चन्द्र भण्डारी र मीनेन्द्र रिजालले पनि प्रहार गरे। बुधबारको धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले यो महाधिवशेनमा आफूहरुले मानेका धेरै व्यक्तिहरुलाई चिन्न पाइएको बताए। रिजालले अप्ठ्यारोमा व्यक्तिको चरित्र छुट्टिने भन्दै यसपटक सुन र पित्तल छुट्टिएको बताए।

यसरी पाँच वर्षभरि देउवाको पार्टी सञ्चालन शैलीको आलोचना गरेका पौडेलको अन्तिम केही दिनको भूमिकाले उनै देउवालाई फाइदा पुग्यो। यसका केही परिणाम उनले भोगिसके, केही पछुतो आगामी दिनमा व्यक्त होलान्।

शशांक, सुजाता र प्रकाशमानको सन्देहात्मक भूमिका
महामन्त्रीको रुपमा सचेत र रणनीतिक भूमिका निर्वाह गर्न सकेको भए शशांक आज देउवाको बलियो प्रतिस्पर्धी हुनसक्थे। जित निकाल्न सक्थे। आफ्नो समूहको निर्विकल्प र बलिया दाबेदार उनै हुन्थे। तर, त्यो समय र अवसर उनले बिताइसके। अबका उनका राजनीतिक दिन सम्भवतः निष्क्रियतापूर्वक ढंगले बित्नेछन्। यसको शैलीबारे भलिभाँती जानकार रहेका  दोस्रो र तेस्रो तहका नेताहरु उनको पक्षमा लाग्न र उनलाई नेता मान्न अब तयार छैनन्। कतिपय नेताहरु पहिल्यै शेखरतिर नजिकिएका थिए।

निर्वाचनको बेलामा शशांकले खेलेको भूमिकाले पनि उनलाई यो समूहको नेताको रुपमा उभ्याउन सम्भव छैन। निर्वाचनको निर्णायक समयको वरिवरि उनले पनि देउवालाई भेटेर सांकेतिक अर्थ व्यक्त गरे। उनका निकटहरु भन्छन्, 'उनी पहिलो चरणमै निर्वाचनको नतिजा आउनेमा ढुक्क थिए किनकि उनी स्वयंले देउवालाई मत दिएका थिए।'

कोइराला परिवारकै अर्की सदस्य सुजाता कोइरालाले आफ्नो राजनीतिक औचित्य पनि अन्त्य गरेकी छन्। महाधिवेशनको चर्चा गर्दा शेखर र शशांकलाई आफ्नो निवासमा आमन्त्रण गरेर बेलाबखत एकता र सहयोगको सन्देश दिने उनी नै अन्तिममा शेखरका विपक्षमा उभिइन्। शेखरका विरुद्ध सभापतिमा उभिएका प्रकाशमानको टिममा रहेकी उनी दोस्रो चरणको निर्वाचनमा उनकै साथ लागेर देउवासम्म पुगिन्। अहिलेका लागि उनको ध्येय सत्तामा पुग्ने हो। त्यो चाँडै पूरा होला पनि।

दोस्रो चरणको निर्वाचनमा जब प्रकाशमानले देउवालाई सघाउने भनेर निर्णय सुनाए र वक्तव्य जारी गरे, त्यसबाट सबैभन्दा आलोचना खेपेका नेता हुन् प्रकाशमान सिंह। उनले देउवाको विपक्ष र नेतृत्व परिवर्तनको पक्षमा दिएका अभिव्यक्तिहरु अहिले सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन्। तर, अन्तिममा उनै देउवालाई सघाउन तयार भए। गगन थापाको आक्रोश छ- ‘मध्यरातसम्म कांग्रेसको यो नेतृत्व भयो भने कांग्रेस डुब्छ, देश डुब्छ, लोकतन्त्र डुब्छ, कांग्रेस प्रजापरिषद् हुन्छ। अनि, एकाबिहानै चाहिँ यो नेतृत्व दोहोरिएन भने बर्बाद हुन्छ। डुब्छ। त्यसकारणले गर्दा अहिलेकै नेतृत्वलाई मत माग्नुपर्छ भन्दैगर्दा ६ घण्टाभित्र के भयो?’

पौडेल समूहबाट सभापतिको उम्मेदवार छान्न बसेका बैठकमा प्रकाशमानको तर्क हुने गर्थ्यो- 'तेह्रौं महाधिवेशनमा ३०० मत ल्याएर सिटौलाले पार्टीमा भागबण्डा गरेर खाइरहेका छन्। अहिले सभापतिमा उठियो भने गुट बन्छ। पछिसम्म भागबण्डा पाइन्छ।' अब उनको इच्छा परिस्थितिले पूरा गर्ने देखिएको छ। त्यसको सुरुवात सम्भवतः दोस्रो चरणको निर्वाचनअघि नै भइसकेको छ।

सामाजिक सञ्जालमा यतिबेला चर्चा छ- कांग्रेस (प्रजातान्त्रिक) का नेताहरु एकातिर भए। त्यो प्रकाशमान सिंह र विमलेन्द्र निधिलक्षित कटाक्ष हो। वर्षौंअघि देउवालाई छाडेका प्रकाशमानलाई फेरि उनैमा आफूलाई विलय गराउने महाधिवेशन उपयुक्त अवसर बन्यो।

यसरी शेखरको विपक्षमा उभिएका वा मौन रहेका शशांक, सुजाता र प्रकाशमान सिंहले ठूलो समूहको नेतृत्व गर्ने अवसर गुमाए। निर्वाचनका बेला उनीहरुको शंकास्पद गतिविधिले गर्दा कार्यकर्ताले उनीहरुप्रति सकारात्मक मूल्याकंन गर्लान् भन्नेमा सन्देह छ।

शेखरको काँधमा जिम्मेवारी
निर्वाचनमा शेखर हारे तर, उनीसँग ठूलो समूह जोडियो। दोस्रो चरणको निर्वाचनमा उनले ४० प्रतिशत हाराहारीमा मत पाएका छन्। उनीहरुले शेखरले जित्छन् भनेर मत दिएका होइनन्। आफू भविष्यमा कहाँ र कुन पक्षमा उभिन्छु भनेर दिएको मत पनि हो।

पार्टीमा यसपटक शेखरलाई मत दिने नेता तथा कार्यकर्ताहरु कुनै बेला पौडेलको नेतृत्वमा थिए। तीमध्ये कतिपय शशांक निकट थिए होलान्। तीमध्ये कतिपय पहिलो चरणमा प्रकाशमान र कल्याण गुरुङको पक्षमा उभिए पनि होलान् तर, दोस्रो चरणमा भने शेखरसँग उभिए।

यो पक्षको नेतृत्वमा अब शेखर आइपुगेका छन्। देशभरका करिब ४० प्रतिशत कार्यकर्ताको अपेक्षाको प्रतिनिधित्व गर्ने जिम्मेवारी उनको काँधमा आइपुगेको छ। एक हप्तासम्म केवल केन्द्रीय सदस्य रहेका र थुप्रै वरिष्ठ नेताहरुको मुनि रहेका उनी अब एउटा समूहको नेतृत्वकर्ता हुन पाएका छन्। सभापति नभए पनि उनी पार्टीको प्रमुख प्रतिपक्षी हुन पाएका छन्। सभापति शेरबहादुर देउवाका गलत कामकारबाहीलाई रोक्नसक्ने प्रमुख शक्ति पनि उनैसँग छ। अरु समूहले त भागबण्डाको आधार खडा गरेका छन्।

मुख्य कुरा चाहिँ, पार्टीभित्र सुधार र परिवर्तनको बहस चलाउने र पार्टी बाहिर पनि राम्रो छवि बनाएका नेताहरुको टिम शेखरसँग छ। त्यो टिममा युवाहरु छन् र कांग्रेसका भविष्य भनेर चिनिएका नेताहरु छन्। त्यसैले पनि यो समूह थप उर्जाशील हुने अपेक्षा गर्न सकिन्छ। बुधबारको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्ने नेताहरु, जो शेखरकै प्यानलबाट उम्मेदवार भएका छन्, उनीहरुले आफूहरुको अबको नेता शेखर नै भएको बताए। धनराज गुरुङको अपिल थियो- ‘अघि बढ्नुस् शेखर’दा। हामी जस्ता युवाहरु तपाईंको साथमा छौं।‘

शेखरले केही वर्षयता जिल्ला दौडाहालाई प्राथमिकतामा राखेका थिए। महाधिवेशनको तातो सेलाएपछि उनले आफ्नो सोही शैलीलाई निरन्तरता दिनेछन्। त्यसक्रममा उनी एक्लै हुनेछैनन्। एउटा समूह पनि हुनेछ। ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु। निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु। मेरा टिमका साथीहरु पनि पक्कै पनि तपाईंहरुको घरदैलोमा पुग्नुहुनेछ। र, आगामी अधिवेशनमा हामीहरुले सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास लिएको छु,’ शेखरले भने, ‘भागबण्डा र गुटबन्दीको राजनीतिमा हामीहरु लाग्दैनौं। हामी हाम्रो काम गर्दै जान्छौं।‘

शेखरले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन्- अर्कोपटक सभापतिमा लड्नेछैन। पदको लालच पनि उनमा देखिँदैन। त्यसैले पन्ध्रौ महाधिवेशनसम्म उनी यो समूहको निर्विरोध नेता बन्न सक्छन्। सो महाधिवेशनमा उनले यो समूहको प्रभावकारी नेतृत्व हस्तान्तरण गरेमा उनको छवि झनै उच्च हुनेछ। त्यो सम्भावना चन्द्र भण्डारीले पनि देखेका छन्। ‘चौधौं महाधिवेशनले धेरै खम्बाहरु ढलायो। अब पन्ध्रौं अधिवेशनमा तपाईंहरुले कसैलाई देख्नुपर्ने छैन,’ बुधबारको कार्यक्रममा भण्डारीको भनाइ थियो, ‘कांग्रेसको ‘जिल’ यही हलभित्र बाँकी छ। यसैले अब पन्ध्रौं अधिवेशनको नेतृत्व गर्नेछ।‘

अन्तिममा बलबहादुर केसीको भनाइ सान्दर्भिक हुनसक्छ- ‘कुखुराको भाले बास्यो। अब उज्यालो धेरै टाढा छैन। अब उज्यालो हुन कसैले रोक्न सक्दैन।‘

महाधिवेशन प्रतिनिधिहरुलाई शेखर कोइरालापक्षको धन्यवाद कार्यक्रमको भिडियो हेर्नुहोस्:

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २१:३०
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ? शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
कांग्रेसको विधान संशोधनमा युवादेखि डिजिटल सदस्यतासम्मका प्रस्ताव(पूर्णपाठ) शनिबार, साउन ३०, २०८३
सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु शनिबार, साउन ३०, २०८३
निर्वाचनमा पराजित भएको पाँच महिनापछि पहिलोपटक झापा पुगे ओली शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्