काठमाडौं– त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो रंगको अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका ३५ वर्षीय भारतीय नागरिक इरशाद अहमदलाई बुधबार पक्राउ गरिएको हो।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल एरियामा शंका लागेर खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकमा बेरेको अवस्थामा सुनजस्तो देखिने पहेंलो रंगको अर्धठोस पदार्थ थान ४ (तौल ४४२ बेरेको पदार्थ प्लाष्टिकसहित) बरामद गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।