काठमाडौं- यही मङ्सिर २४ गतेबाट सुरु भएको टीभीएस रेडर सप्तरंग-३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ। कार्यक्रममा अभिनेता राजेश हमालका साथै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईद्वारा टीभीएस रेडरको पनि उद्घाटन गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन टीभीएसले आफ्नो बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटोमोबाइल्समा पनि सप्तरंगको कलाकारहरुद्वारा टीभीएस रेडरको उद्घाटन गरेका थिए।
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ। नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ।
'साथै, यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फूर्तिलो पनि छ। टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्त्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ। यसमा विशेष डिजाइनसहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र इनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
टीभीएस रेडरले ६ हजार ५०० आरपीएममा ११.५ एनएम टर्क र ८ हजार आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।