काठमाडौं– सशस्त्र प्रहरी बलको कायममुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) मुकरर भएका अधिकृतहरुले दर्ज्यानी चिह्न पाएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी मुख्यालयमा एक कार्यक्रमका बीच ११ जना अधिकृतहरुलाई एसएसपीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सोही कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बिशेष बढुवा भएका १ जना अधिकृतलाई समेत दर्ज्यानी चिह्न प्रदान गरे।
गृहमन्त्री वालकृष्ण खाणको मंसिर १३ गतेको मन्त्रीस्तरीय निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका थिए।
यस्तै, गृहसचिवस्तरको यही मंसीर १९ गतेको निर्णयले १ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै बढुवामा राज्य र संगठनलाई पुर्याएको योगदानका साथै कार्यदक्षताको मूल्यांकन गर्दै उनीहरुको पदोन्नती गरिएको उल्लेख गरे।
उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्णव्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।