काठमाडौं- मिदास टेक्नोलोजीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई डिजिटाइज गर्दै अनलाइन टिकट सेवा सुरु गरेको छ। यससँगै प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कम्पनीको विश्वास छ।
यो सेवा पूर्वी क्षेत्रको स्वास्थ्य क्षेत्रअन्तर्गत पहिलोपटक मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत् सुरू गरिएको छ।
'बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गइ लाइन लाग्ने झण्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ। विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् 'अनलाइन अपोइन्टमेन्ट' लिन सकिने गरी व्यवस्था मिलाएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।