काठमाडौं– भारतमा सेक्युरिटी गार्डको जागरि लगाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा मोरङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय गणेशराज अर्याल छन्।
प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई भारतमा सेक्युरिटी गार्डको जागरि लगाइदिने १ लाख ७३ हजार रुपैयाँ ठगी गरेका थिए।
उनले उदयपुरको त्रियुगा नगरपालिका–८ घर भएका ४० वर्षीय प्रेमकुमार दनुवार तथा सोही ठाउँका उमेश कुमार दनुवारसँग पटक पटक गरी १ दाख ७३ हजार रुपैयाँ उठाएको प्रहरीले जानकारी दिएको छ।
जागिर लगाइदिने भन्दै रकम लिएर फरार भएका उनलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो। पक्राउ परेका अर्यालविरुद्ध जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिइ ठगी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।