काठमाडौं- नेकपा एमालेका मनोनित केन्द्रीय कमिटी सदस्यहरुले शपथ लिएका छन्।
बुधबार तुलसीलाल स्मृति प्रतिष्ठानमा मनोनित केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।
नेकपा एमालेको मंसिर २५–२६ मा बसेको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
विधान अनुसार निर्वाचित केन्द्रीय सदस्यको १० प्रतिशत र एकता प्रक्रियाबाट आएका समेत गरेर नेकपा एमालेले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसम्मका नेताहरु मनोनित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।