काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको शिक्षाको लागि यथासक्य योगदान गरेको छ।
उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभरी कूल ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ।
कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थी तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका थिए।
गतवर्ष पनि यसैगरी कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा राम शाह पथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाइजर तथा हात धुने साबुन भएको किट बितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।