काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरू घोषणा गरेको छ।
यस योजनामा स्क्र्याच कुपनमार्फत् सातवटा प्रदेशबाट भाग्यशाली सात जनाले एक लाख रूपैयाँ नगद उपहार तथा बम्परमा एक जना भाग्यशाली विजेताले १५ लाख रूपैयाँ नगद उपहार प्राप्त गरेका छन्।
बम्पर उपहारको १५ लाख रुपैयाँ हात पार्नेमा प्रदेश ५ की सावित्रा श्रेष्ठ छन्। एसटी अटोबाट खरिद गरेकी उनले बम्पर उपहार जितेकी हुन्।
यस योजनाअन्तर्गत प्रदेश १ बाट एसटीसी विराटनगर- रविना चौधरी, प्रदेश २ बाट मिशिका इन्टरप्राइजेज- रामप्रकाश यादव, प्रदेश ३ बाट एसटीसी टेकु- सिटिजन्स बैंक लिमिटेड- अनिना मानन्धर, प्रदेश ४ बाट कुँवर ब्रदर्स- जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेसनल- अनप्रसाद काफ्ले, प्रदेश ६ बाट न्यू बुल्बुले अटो सेल्स- तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले एक-एक लाख रूपैयाँ नगद उपहार प्राप्त गरेका छन्।
यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले सात वर्षका लागि स्पेयर पार्टस्मा सात प्रतिशत छुट, सात वर्षसम्मका लागि नौ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन्।
त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको ‘क्यास ब्याक’ प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।