काठमाडौं– एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न केवाईसी विवरण पूरा/अपडेट गर्न सकिने योजना ल्याएको छ।
उक्त योजना अन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार (दैनिक उपभोग्य बस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायत) मा २,५०० वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ।
एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।
एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुआत गर्दैछ।
ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।