काठमाडौं- आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ।
काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित कम्पनीकै जग्गामा शुक्रबार भवन शिलान्यास गरिएको कम्पनीले जानकारी दिएको छ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवन शिलान्यास गरेका थिए।
शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।