काठमाडौं- सानिमा बैंक लिमिटेडले बलम्बुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखा आइतबारबाट सुरु गरिएको हो।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका थिए।
उक्त समारोहमा मह जोडीले शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सवल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
बैंकका अध्यक्ष पौडेलले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातवटै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।