काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) विष्णुप्रसाद ढुंगाना पक्राउ परेका छन्।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एक जना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
आइतबार नक्सालबाट पक्राउ गरिएको उनलाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको ब्यूरोले जानकारी दिएको छ।
ढुंगाना केन्द्रीय अनुसन्धान ब्यूरोको आर्थिक अपराध अनुसन्धान गर्ने शाखामा कार्यरत थिए। त्यसअघि उनी केनाइन महाशाखामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।