• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशनमा भेटिएकी उर्मिलाको कथा

64x64
धनु विश्वकर्मा सोमबार, मंसिर २७, २०७८  २१:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको मतदान केन्द्र राष्ट्रिय सभा गृहमा छ। सोही मतदान केन्द्रमा भोट खसालेर बाहिरिएकी उर्मिला खत्री भण्डारी पर्यटन बोर्डमा भेटिइन्।

साइड ब्याग र घाँटीमा महाधिवेशन प्रतिनिधि लेखिएको पर्चा झुण्ड्याएकी छन्। उमेरले छ दशक नाघेकी उर्मिला जुम्लाबाट महाधिवेशन प्रतिनिधि भएर आएकी हुन्। उनी कनका सुन्दरी गाउँपालिकाकी उपाध्यक्षसमेत हुन्।

उर्मिलाले छोराको सहारामा मतदान गरेको बताइन्। उनको दायाँ खुट्टा राम्रोसँग हिँड्डुल गर्न मिल्दैन। तीन महिनादेखि उर्मिलाको खुट्टा दुख्ने समस्या भएको हो। महाधिवेशनमा आएको मौका पारेर अस्पताल गइन्। चिकित्सकले थेरापी गर्नू भन्ने सल्लाह दिएको उनले सुनाइन्। तर, महाधिवेशनमा भने बिरामीजस्तो देखिन्‍नन् उनी। उत्साहित देखिन्छिन् उर्मिला।
 
उसो त उर्मिलाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो। उनका हजुरबुबा, बुबादेखि नै पञ्‍चायतका प्रधान पञ्‍च भएका थिए। उनी पञ्‍चायतकालमा नै वर्गीय सङ्‍गठनमा लागेकी थिइन्। लामो समय विभिन्न संघ सङ्‍गठनमा रहेर काम गरिन्। माइतीमा उनी पञ्‍चायतनिकट भएर काम गरेकी थिइन्।

अनौपचारिक शिक्षा घरबाटै सुरु गरेकी उनले कक्षा ४ मा विद्यालय भर्ना भएर औपचारिक शिक्षा सुरु गरेकी थिइन्। २०४१ सालमा एसएलसी पास गरिन्। एसएलसी दिँदा उनी त्यहाँकी एक्ली महिला थिइन्।

गाउँमा उनले लामो समय प्रौढ पढाइन्। महिलालाई एकीकृत गरिन्। २०४६ सालमा विवाह गरेपछि भने उनले पार्टीगत विचार परिवर्तन गरिन्। उनका श्रीमान् कांग्रेसका नाम चलेका नेता थिए। विवाहपछि उनी कांग्रेसको कार्यकर्ता भएर काम गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उर्मिलाले लामो समय अस्थायी शिक्षकको रुपमा अध्यापनसमेत गराइन्। तर, उनको राजनीतिक यात्रा भने १४ वर्षको उमेरमा नै सुरु गरिन्। उनको विवाह हुँदा उनी २७ वर्षकी थिइन्।  परिवारमा नै शिक्षा ग्रहण गर्ने मौका पाइन्। उनलाई कर्णालीको गरिबी र अशिक्षाले भने कमै छोएको छ। उनका माइती अहिले राप्रपामा आस्थावान् छन्। राजनीतिलाई नजिकबाट नियालेकी छिन्। राजनीतिमा लाग्न श्रीमानको साथ पाएकी छन्। तर पहिले-पहिले कार्यक्रममा जाँदा भने जेठानी-देवरानीले फलानोकी श्रीमती डुलेर खाएकी छे भनेको सम्झन्छिन् उनी। तर, अहिले त्यस्तो आलोचना सुन्नु परेको छैन भन्छिन् उर्मिला। उपाध्यक्ष भइसकेपछि आफूले गाउँमा महिला लक्षित कार्यक्रमलाई जोड दिएको उनले सुनाइन्।

उर्मिलाले आगामी स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने योजना बनाएकी छन्। नभए उपाध्यक्ष त जसरी बन्ने दृढ संकल्प रहेको सुनाउँछिन् उनी। 'यो कार्यकालमा गर्न नसकेका कामहरु पूरा गर्न फेरि पनि अध्यक्ष वा उपाध्यक्षमा आउने योजना छ,' उनले भनिन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उपाध्यक्ष भएर काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको उनले बताइन्। तर, निर्णायक तहमा पुरुषको नै हालिमुहाली भएको देख्दा भने उर्मिलालाई दु:ख लाग्छ। उनको बुझाइ छ- पुरुषभन्दा महिलाको काम पारदर्शी हुन्छ। कामलाई बढी ध्यान दिन्छन्। समाजलाई सही बाटोमा लैजान महिलाको भूमिका अहम् रहन्छ।

उनी दिनभर कार्यक्रममा जान्छिन्। बेलुका घर फर्कंदा भाँडा माझेको हुँदैन। यस्तो पितृसत्तावादी समाजलाई उनी चुनौतीको रुपमा लिन्छिन्। यही चुनौतीविरुद्धको लडाइँकै लागि राजनीतिमा सक्रिय भएको उर्मिलाको भनाइ छ।

'समाजलाई परिवर्तन गरेन राजनीतिले नै हो। तर, सही नेतृत्व र सही राजनीतिले मात्र समाज परिवर्तन गर्न सक्छ। विकासलाई अगाडि बढाउन सक्छ,' उनले भनिन्। 

यो महाधिवेशनबाट कांग्रेसलाई सही दिशामा लिएर मुलुकको पहिलो र देश विकासको नेतृत्व गर्ने पार्टी बनाउने नेतृत्व आउने अपेक्षा उनको छ। 'सक्षम नेतृत्व छान्नकै लागि हामी आएका हौं, उत्साहित छु म,' उर्मिलाले भनिन्।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  २१:४५
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्