• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशनमा भेटिएकी उर्मिलाको कथा

64x64
धनु विश्वकर्मा सोमबार, मंसिर २७, २०७८  २१:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको मतदान केन्द्र राष्ट्रिय सभा गृहमा छ। सोही मतदान केन्द्रमा भोट खसालेर बाहिरिएकी उर्मिला खत्री भण्डारी पर्यटन बोर्डमा भेटिइन्।

साइड ब्याग र घाँटीमा महाधिवेशन प्रतिनिधि लेखिएको पर्चा झुण्ड्याएकी छन्। उमेरले छ दशक नाघेकी उर्मिला जुम्लाबाट महाधिवेशन प्रतिनिधि भएर आएकी हुन्। उनी कनका सुन्दरी गाउँपालिकाकी उपाध्यक्षसमेत हुन्।

उर्मिलाले छोराको सहारामा मतदान गरेको बताइन्। उनको दायाँ खुट्टा राम्रोसँग हिँड्डुल गर्न मिल्दैन। तीन महिनादेखि उर्मिलाको खुट्टा दुख्ने समस्या भएको हो। महाधिवेशनमा आएको मौका पारेर अस्पताल गइन्। चिकित्सकले थेरापी गर्नू भन्ने सल्लाह दिएको उनले सुनाइन्। तर, महाधिवेशनमा भने बिरामीजस्तो देखिन्‍नन् उनी। उत्साहित देखिन्छिन् उर्मिला।
 
उसो त उर्मिलाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो। उनका हजुरबुबा, बुबादेखि नै पञ्‍चायतका प्रधान पञ्‍च भएका थिए। उनी पञ्‍चायतकालमा नै वर्गीय सङ्‍गठनमा लागेकी थिइन्। लामो समय विभिन्न संघ सङ्‍गठनमा रहेर काम गरिन्। माइतीमा उनी पञ्‍चायतनिकट भएर काम गरेकी थिइन्।

अनौपचारिक शिक्षा घरबाटै सुरु गरेकी उनले कक्षा ४ मा विद्यालय भर्ना भएर औपचारिक शिक्षा सुरु गरेकी थिइन्। २०४१ सालमा एसएलसी पास गरिन्। एसएलसी दिँदा उनी त्यहाँकी एक्ली महिला थिइन्।

गाउँमा उनले लामो समय प्रौढ पढाइन्। महिलालाई एकीकृत गरिन्। २०४६ सालमा विवाह गरेपछि भने उनले पार्टीगत विचार परिवर्तन गरिन्। उनका श्रीमान् कांग्रेसका नाम चलेका नेता थिए। विवाहपछि उनी कांग्रेसको कार्यकर्ता भएर काम गरिन्।

Ncell 2
Ncell 2

उर्मिलाले लामो समय अस्थायी शिक्षकको रुपमा अध्यापनसमेत गराइन्। तर, उनको राजनीतिक यात्रा भने १४ वर्षको उमेरमा नै सुरु गरिन्। उनको विवाह हुँदा उनी २७ वर्षकी थिइन्।  परिवारमा नै शिक्षा ग्रहण गर्ने मौका पाइन्। उनलाई कर्णालीको गरिबी र अशिक्षाले भने कमै छोएको छ। उनका माइती अहिले राप्रपामा आस्थावान् छन्। राजनीतिलाई नजिकबाट नियालेकी छिन्। राजनीतिमा लाग्न श्रीमानको साथ पाएकी छन्। तर पहिले-पहिले कार्यक्रममा जाँदा भने जेठानी-देवरानीले फलानोकी श्रीमती डुलेर खाएकी छे भनेको सम्झन्छिन् उनी। तर, अहिले त्यस्तो आलोचना सुन्नु परेको छैन भन्छिन् उर्मिला। उपाध्यक्ष भइसकेपछि आफूले गाउँमा महिला लक्षित कार्यक्रमलाई जोड दिएको उनले सुनाइन्।

उर्मिलाले आगामी स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने योजना बनाएकी छन्। नभए उपाध्यक्ष त जसरी बन्ने दृढ संकल्प रहेको सुनाउँछिन् उनी। 'यो कार्यकालमा गर्न नसकेका कामहरु पूरा गर्न फेरि पनि अध्यक्ष वा उपाध्यक्षमा आउने योजना छ,' उनले भनिन्।

उपाध्यक्ष भएर काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको उनले बताइन्। तर, निर्णायक तहमा पुरुषको नै हालिमुहाली भएको देख्दा भने उर्मिलालाई दु:ख लाग्छ। उनको बुझाइ छ- पुरुषभन्दा महिलाको काम पारदर्शी हुन्छ। कामलाई बढी ध्यान दिन्छन्। समाजलाई सही बाटोमा लैजान महिलाको भूमिका अहम् रहन्छ।

उनी दिनभर कार्यक्रममा जान्छिन्। बेलुका घर फर्कंदा भाँडा माझेको हुँदैन। यस्तो पितृसत्तावादी समाजलाई उनी चुनौतीको रुपमा लिन्छिन्। यही चुनौतीविरुद्धको लडाइँकै लागि राजनीतिमा सक्रिय भएको उर्मिलाको भनाइ छ।

'समाजलाई परिवर्तन गरेन राजनीतिले नै हो। तर, सही नेतृत्व र सही राजनीतिले मात्र समाज परिवर्तन गर्न सक्छ। विकासलाई अगाडि बढाउन सक्छ,' उनले भनिन्। 

यो महाधिवेशनबाट कांग्रेसलाई सही दिशामा लिएर मुलुकको पहिलो र देश विकासको नेतृत्व गर्ने पार्टी बनाउने नेतृत्व आउने अपेक्षा उनको छ। 'सक्षम नेतृत्व छान्नकै लागि हामी आएका हौं, उत्साहित छु म,' उर्मिलाले भनिन्।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  २१:४५
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्