काठमाडौं– उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ। भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्धी हात पार्न सफल भएको हो। यसै अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ।
सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपीसी ,पीएससी सिमेन्टहरु उत्त्पादन गर्दछ। आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ। जसमध्ये लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ। यसले दैनिक ७०,००० बोरा सहित ३५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।