• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मंगलबारदेखि सुरु हुँदै हिउँदे अधिवेशन : के एमसीसीबारे प्रस्ताव आउँदै छ?

64x64
बीपी अनमोल सोमबार, मंसिर २७, २०७८  २०:३१
1140x725

काठमाडौं- संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को हिउँदे अधिवेशन मंगलबार सुरु हुँदै छ। दिउँसो २ बजे सुरु हुने यो अधिवेशन एउटा कुराले चर्चामा छ। त्यो हो- अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव। संसद्‍को यो अधिवेशनमा एमसीसीसम्बन्धी प्रस्ताव आउँछ कि आउँदैन भन्ने विषय बहुप्रतीक्षित बनेको छ। 

समय घर्किइसकेको अमेरिकाबाट करिब ५५ अर्ब रुपैयाँ सहायता प्राप्त हुने यो सम्झौता संसद्‍मा अड्किएको छ। किनभने, संसद्को बहुमतले पारित वा अनुमोदन नगरेसम्म एमसीसी सम्झौता लागू हुँदैन। सरकारको नेतृत्व गरिरहेको दल, नेपाली कांग्रेस एमसीसी सम्झौता अनुमोदन गरेर लागू गर्ने पक्षमा छ। यद्यपि, यस विषयमा राजनीति यसरी ध्रुवीकृत हुनपुगेको छ कि कांग्रेस अग्रसरता लिन हच्किइरहेको छ। यही कारण सत्तारुढ गठबन्धनका अन्य दलहरुको पनि प्रस्ट धारणा आइसकेको छैन। 

प्रमुख प्रतिपक्षी दल, नेकपा एमालेसँग पनि यस विषयमा प्रस्ट छलफल हुनसकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सरकारले एमसीसी के गर्छ भनेर प्रश्न गरिरहेका छन्। एमसीसीबारे नेपाललाई निर्णयमा पुग्न दबाब दिँदै यसबीचमा एमसीसी परियोजनाका पदाधिकारी र अमेरिकी सरकारका प्रतिनिधिहरुले नेपाल भ्रमण गरेर प्रमुख दलका नेताहरुसँग विभिन्न चरणमा छलफल गरिसकेका छन्। 

यही कारण पनि मंगलबारदेखि सुरु हुने संघीय संसद्को‍ हिउँदे अधिवेशनमा एमसीसीबारे सरकारले प्रस्ताव लैजान लागेको चर्चा भइरहेको छ। सत्तारुढ गठबन्धनका नेताहरुले भने यसबारे फरक-फरक प्रतिक्रिया दिइरहेका छन्। गठबन्धनका दलहरुबीच एमसीसीबारे प्रस्ताव लैजाने सहमति भएको हो वा होइन भन्ने प्रस्ट छैन।

दलहरु नै प्रस्ट छैनन् 
संसद्‍मा के प्रस्ताव जान्छन् या जाँदैनन् भन्नेबारे कार्यव्यवस्था परामर्श समितिले तय गर्छ। समितिको बैठकबाट संसद्‍मा पेस हुने सूची तय हुन्छ। अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने टुंगो लागिसकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

निरन्तर संसद् बैठक अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबारको बैठक पनि अवरोध गर्ने संकेत दिइसकेको छ। प्रमुख सत्तारुढ दल, नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल एमसीसीकै बारेमा भनेर अहिलेसम्म छलफल नभएको बताउँछिन्। ‘तर, प्रस्ताव आउन सक्दैन भनिहाल्न पनि सकिन्न। अहिलेसम्म चाहिँ प्रस्ताव आउने भनेर त्यस्तो छलफल भएको छैन। सदन बोलाउनुपर्ने समय भएकाले नै बोलाइएको हो,’ भुसालले नेपाल लाइभसँग भनिन्, ‘एमसीसीका लागि सहमति आवश्यक हुन्छ। अहिलेसम्म त्यस्तो छलफल नै भएको छैन। प्रतिपक्षी दलको पनि सहमति चाहियो। त्यस कारण मलाई प्रस्तावकै रुपमा पेस होला जस्तोचाहिँ लाग्दैन। किनभने, सहमति नभइ अघि बढने कुरा भएन।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ पनि नियमित अधिवेशनका रुपमा हिउँदे अधिवेशन बोलाइएको बताउँछन्। ‘एमसीसीका बारेमा प्रधानमन्त्रीले कसैसित छलफल गर्नुभएको छैन। पाँच दलका नेताहरुका बीचमा केही कुरा भएको जस्तो लाग्दैन,’ उनले भने, ‘छलफल गर्ने कुरा त सदन खुलेको अवस्थामा अघि बढ्ने कुरा भयो। सदन खुल्ने नखुल्ने भन्ने कुरा प्रतिपक्षमा निर्भर छ। प्रतिपक्षले निरन्तर सदन अवरुद्ध गरेको गर्‍यै छ, कसरी छलफल हुन्छ?’ सदन सञ्चालन सहजरुपमा अघि बढेमा एमसीसी लगायतका विषयमा छलफल अघि बढ्नसक्ने उनी बताउँछन्। 

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अहिलेकै अवस्थामा एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको बताए। उनले यही कारण पनि कुनै प्रस्ताव नआउने अनुमान गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि केही दिनअघि यो अधिवेशन नियमित हिउँदे अधिवेशन भएको बताएका थिए। ‘एमसीसीले के गर्छ भन्ने चिन्ता छ। २८ गते सदन बोलाइएको छ। कसैले सोचेका छन्, एमसीसीको लागि बोलाइएको हो कि,’ गत मंसिर १८ गते चितवनमा प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनमा सम्बोधन गर्दै उनले भनेका थिए। प्रचण्डले राजनीतिक दलहरुबीचको समझदारीबाटै एमसीसीबारे अघि बढिने बताएका थिए। 

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौतामा हस्ताक्षर भए पनि दलहरूबीच सहमति हुन नसक्दा यो सम्झौता संसद्‍बाट अनुमोदन हुन सकेको छैन। खासमा संसद्‍बाट अनुमोदन हुनुपर्ने विषयमै राजनीति दुई ध्रुवमा विभाजित छ। दलहरु विभक्त छन्। सत्तामा हुँदा एमसीसीका प्रखर समर्थक देखिएका दल राजनीतिक लाभहानीको हिसाब गरेर विपक्षमा उभिएका छन् भने सत्तामै रहेका दलहरुबीचमा पनि एक मत छैन।

२०७४ भदौ २९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५०० मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान प्राप्त हुने एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौता संसद्‍बाट अनुमोदनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधि सभाको बैठकमा यो प्रस्तावको बारेमा जानकारीसमेत गराएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । बिहीबार, वैशाख ३१, २०८३
सुनको मूल्य घट्यो आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, वैशाख ३०, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले स... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार बिहीबार, वैशाख ३१, २०८३
पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश बिहीबार, वैशाख ३१, २०८३
त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यले पाए बिहीबार, वैशाख ३१, २०८३
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा. पौडेललाई बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममा सरकारको दृष्टिकोण स्पष्ट नभएको नेकपा सांसद हमालको टिप्पणी बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्