काठमाडौं- ठगी गरेको आरोपमा आफूलाई पत्रकार बताउने इन्जिना कार्की पक्राउ परेकी छन्। महानगरीय प्रहरी वृत्त जनसेवाले कार्कीलाई मङ्सिर २२ गते पक्राउ गरेको हो।
वृत्त जनसेवाका अनुसार व्यवसायीहरुलाई धम्की दिँदै रकम असुलेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेकी कार्कीले आफू भारतीय टिभी च्यानल जी न्यूजको नेपाल संवाददाता रहेको बताएकी छन्। उनीबाट प्रेस कार्डसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेकी कार्कीमाथि ठगी कसूरको आरोपमा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।