• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

दुई सय महिलाका कथामा समाज खोज्दै शान्ता

64x64
युवराज भट्टराई सोमबार, मंसिर २७, २०७८  ०७:०३
1140x725

काठमाडौं– शान्ता नेपालीको धेरै वटा परिचय छन्। पछिल्लो समय उनी फिल्मकर्मीको रूपमा चिनिन्छिन्। उनी चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को निर्देशक पनि हुन्। 

शनिबार काठमाडौंको विशालबजारमा आयोजित ‘टेड टक्स पुतलीसडक वुमन’ कार्यक्रममा शान्ताले आफ्ना तिनै कथा सुनाइन्। फिल्मकर्म आफ्नो कथा भन्ने माध्यम भएको उनी बताउँछिन्। ‘फिल्म मेकिङ मेरो लागि मलाई पनि सुन्न आह्वान गर्ने माध्यम बनेर आयो,’ उनी भन्छिन्, ‘म फिल्मको माध्यमबाट आफ्नो कथा भन्न खोजिरहेको छु।’

धरानमा जन्मिएर त्यहीँबाट ‘करिअर’ सुरु गरेकी शान्ता पत्रकारिता, टेलिभिजन हुँदै फिल्मकर्ममा आइपुगेकी छन्। उनी भन्छिन्, ‘अरुको अन्तरवार्ता लिँदा क्यामेरापछि बसेर काम गर्दा सजिलो रहेछ। यसरी सबैको अगाडी आएर आफ्नोबारे बोल्दा डर लाग्ने रहेछ।’

शान्ताले लामो समय पर्दापछाडि रहेर काम गरिन्। अहिले फिल्ममा सक्रिय रहँदा पनि उनी पर्दापछाडि बसेर नै काम गर्छिन्। उनी निर्देशक र सिनेमेटोग्राफर हुन्। शान्ताले आफ्नो औपचारिक शिक्षा धरानमा नै पूरा गरिन्। सँगसँगै विभेदको लामो श्रृङ्खला भोगेर यहाँसम्म आइपुगेकी हुन्। ‘म हुर्किदैं गर्दा जातको आधारमा जुन किसिमको विभेद मैले भोगेँ, त्यसले दिमागमा हामी अरुभन्दा सानो रहेछौं, हामीमा केही कमी रहेछ भन्ने लाग्थ्यो,’ उनी विगत सम्झिन्छिन्। 

शान्तालाई मिडिया, फिल्मजस्ता विषयबारे धेरै थाहा थिएन। बुझ्ने र अध्ययन गर्ने अवसर पनि पाएकी थिइनन्। बरु नर्सिङ पढेर जागिर खाने सपना बुनेकी थिइन्। तर, उनको जीवन भने अर्कै बाटोमा हिँडिरहेको थियो। वास्तवमा धरानमै भोगेको एक दिनको घटनाले उनको बाटो मोडिएको थियो।

उनी बाटोमा हिँडिरहेकी थिइन्। केही युवक बसिरहेको ठाउँ नजिक पुगेपछि उनीहरुले शान्तालाई जातको आधारमा नकारात्मक टिप्पणी गरे। ‘उनीहरुले मलाई जिस्काउन समग्र समुदायलाई नै होच्याउने शब्द प्रयोग गरे,’ शान्ता सम्झिन्छिन्, ‘त्यो घटनापछि मैले आफू उनीहरुभन्दा कम नभएको देखाउने प्रण गरेँ। अनि मेरो जिन्दगीको सपना बदलियो।’

त्यसपछि उनले आफ्ना कुरा भन्न धरानको दैनिक पत्रिका ‘ब्लाष्ट टाइम्स’मा लेखहरू लेख्न थालिन्। उनले सुरुवातमै जातीय विषयवस्तुमा कलम चलाइन्। पत्रिकामा लेख्दैजाँदा उनलाई महसुस भयो, उनले समुदायलाई आफ्नो कथा सुनाउन नयाँ माध्यम छान्नुपर्ने रहेछ।

पत्रिकामा लेख लेख्न थालेपछि उनी गाउँघर घुम्न थालिन्। समाज बुझ्दै, लेख्दै जाँदा उनलाई धरान सानो लाग्यो। थप विस्तारित हुन् काठमाडौं आइन्। पहिलो पटक करिअर खोज्दै काठमाडौँ खोज्दा उनीसँग ६/७ हजार रुपैयाँ मात्रै थियो। ‘म केही गर्छु, केही भएर देखाउँछु भन्ने सोचसहित आएको थिएँ,’ उनी सम्झिन्छिन्, ‘१८/१९ वर्षको उमेरसम्म मैले विभेद भोगेको थिएँ। त्यही कुराहरुले मलाई केही गर्नुपर्छ भन्ने आँट दिएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

धरानमा हुँदा धरान नै ठूलो लाग्थ्यो उनलाई। तर, काठमाडौं झन् ठूलो रहेछ। यो ठूलो ठाउँमा पनि उनी पत्रकारितामा नै सक्रिय भइन्। ‘उज्यालो नेटवर्क’सँग आवद्ध भएकी उनी रिपोर्टिङका लागि प्रायः फिल्डमै हुन्थिन्। तर, फिल्डमा महिलालाई नदेख्दा उनलाई अनौठो लाग्थ्यो। 

एकातिर जातीय र अर्कोतिर लैङ्गिक विभेद। शान्ता अन्योलमा थिइन्, पत्रकारिता नै छाड्ने कि भन्नेसम्म सोच आएको थियो। ‘काममा विभेद त हुन्थ्यो, तर त्योभन्दा बाहेक पनि कुराहरु हुन्थे,’ उनी भन्छिन्, ‘यस्तो खाम् न, यता जाउँ न भन्ने अफरहरु आउँथे। रिपोर्टिङमा जाँदा पनि फरक-फरक कमेन्टहरु आउँथे। यसले काम नगरौं, मान्छेसँग नभेटौं भन्ने मानसिकताको विकास हुँदो रहेछ।’ तर, शान्ताले हार खाइनन्। उनले परिस्थितिबारे थाहा पाइन्, त्यसपछि प्रतिकारमा उत्रिइन्। 

लेखन पत्रकारितासँग उनी सन्तुष्ट हुन सकिनन्। अनि लागिन् ‘भिजुअल’ माध्यमतिर। टेलिभिजनमा पत्रकारिता थालेको केही समयपछि उनले ‘डेस्टिनेसन नेपाल’ नामक कार्यक्रम चलाउन थालिन्। सन् २०११/१२ ताका यो कार्यक्रम ‘तराई टेलिभिजन’बाट प्रसारण भएको थियो। 

‘त्यो कार्यक्रम चलाइरहँदा मैले आफ्नो देशलाई चिन्ने मौका पाएँ,’ शान्ता भन्छिन्, ‘त्यो बेला घुम्न पाएँ। देशभर घुम्न पाउँदा महिलाहरूको कस्तो अवस्था छ भन्ने देख्न पाएँ। त्यसमा पनि फरक-फरक जातिका महिलाको समस्या फरक–फरक नै भएको देखें।’

Xtrem

Xtrem

शान्ता डेस्टिनेसन नेपाल कार्यक्रमका लागि दूरदराजमा पुगिन्। देशको अनुहार देखिन्। आफ्नोजस्तै अरु समुदायका मानिसले भोगिरहेको अत्याचारका कथा भेटाइन्। उनीसँग आफ्नो कथा कसरी भन्ने प्रश्न थियो। त्यसैले उनी टेलिभिजन कार्यक्रमसँगै फिल्मतिर पनि संलग्न हुन थालिन्। सँगै ‘हिमालयन रोडिज’ कार्यक्रम निर्माणमा संलग्न भइन्। 

शान्ता पछिल्लो समय ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रममा संलग्न छिन्। आफू आएको समुदायमा पनि आफू केही विशेषाधिकारसहितको स्थानमा भएको उनी बताउँछिन्। जातको प्रश्नका दुई संस्करणको निर्माणका क्रममा देखेका दृश्यले उनलाई यस्तो सोच्न बाध्य बनाएको हो।

‘के गर्ने, कसरी गर्ने भन्ने कुरा सोच्नै नसक्ने अवस्था देखेको छु,’ शान्ता भन्छिन्, ‘मान्छे मान्छे जस्तो छैन। तराई गएर जुन अवस्था देखेँ, त्यसले मलाई महिना दिनसम्म सोच्न नसक्ने बनाएको थियो। सात वर्षको बच्चालाई हिँड्दाहिँडदै बलात्कार गरेका घटना छन्। ती कुराले मलाई हाम्रो कथा भन्नुपर्छ भन्ने प्रेरणा दिएका छन्।’ यी घटना उनी फिल्मको माध्यमबाट भनिरहेकी छन्। 

आफ्ना र आफूजस्तै विभेदमा पारिएका समुदाय र लिङ्गका कुरा भन्न थालेपछि शान्ताले एउटा फरक अभियानबारे सोच्न थालिन्। महिला चलचित्रकर्मीहरूलाई लिएर शान्ता र अन्य साथीहरूको नेतृत्वमा ‘वुमन फिल्ममेकर इन नेपाल’ नामक संस्था जन्मियो। ‘विदेशबाट एउटा प्रोजेक्ट आएको थियो, जहाँ सबै क्रु मेम्बर नै महिला चाहिएको छ भन्ने थियो,’ उनी भन्छिन्, ‘मैले धुइँधुइँती खोजें, तर तीन चार जना मात्रै पाएँ। त्योबेला मलाई अहिलेसम्म आफूले आफ्नैबारेमा मात्र सोचेको भन्ने लाग्यो। यो क्षेत्रमा महिला त रहेनछन् भन्ने लागेको थियो। किन मैले महिला भेटिरहेको छैन भन्ने खोज्दा यो संस्था जन्मिएको हो।’

उक्त संस्थाको मूल उद्देश्य मिडिया वा भिजुअल क्षेत्रमा काम गरिरहेका महिलालाई एकै ठाउँमा ल्याउने नै छ। महिलाहरूलाई रुचि लागेको काममा आबद्ध गराउनेदेखि आवश्यक उपकरण उपलब्ध गराउनेसम्मका काम यो संस्थाले गरिरहेको छ। हाल संस्थामा २०० भन्दा धेरै महिला फिल्मकर्मी आवद्ध रहेको शान्ता बताउँछिन्। ‘संस्था मैले बनाएँ, तर त्यो मेरो होइन,’ उनी भन्छिन्, ‘हामी समय–समयमा कार्यशाला गरिरहेका छौं। कसैलाई कुनै सहयोग चाहिँदा संस्थामार्फत उपलब्ध गराइरहेका छौं। संस्थाबाट हामीले एक–अर्कालाई सहयोग गर्ने काम गरिरहेका छौं।’

२०० महिलाले आफ्नो कथा भन्ने हो भने धेरै कथा आउने उनी बताउँछिन्। हरेक महिलाले एक–एक वटा कथा मात्रै सुनाउने हो भने पनि २०० वटा कथा आउने र तिनीहरूले समाजको एउटा चित्र देखाउने उनको भनाइ छ। ‘हाम्रो भोगाईलाई कसरी फिल्मको माध्यमबाट बाहिर ल्याउने भन्ने कोसिस गरिरहेका छौं। हिजो म आफैंले काम गर्दा पनि यो देखाउनु हुँदैन, यो हेर्दैनन् भन्ने लाग्थ्यो। तर, अहिले आफ्नो कथा आफैंले भन्नुपर्छ भन्ने लागेको छ। अब हामी सामूहिक रूपमा हाम्रा कथा भन्दैछौँ’, शान्ता भन्छिन्।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्