काठमाडौँ– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘अधिवेशनका लागि बनेको काँग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उनले यो अवस्थामा काँग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले काँग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन्। यस्तोबेला काँग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।
उनले भनेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्राय: मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली काँग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ-यदि इच्छाशक्ति र साहस छ भने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।