काठमाडौं– दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त ७१ वर्ष पुगेका छन्। दक्षिण भारतीय सिनेमामा दशकौं बिताएका रजनीकान्तको जीवनका कैयौं किस्साहरु चर्चित छन्।
दर्शकले फिल्ममा उनको मृत्यु भएको देख्न नसक्नेदेखि सिनेमा हलमा सिक्कालाई प्रतिबन्ध लगाइएका घटनाहरु रजनीकान्तको जीवनसँग जोडिएका छन्।
रजनीकान्तलाई बचाउन आत्महत्याको कोसिस
कुरा सन् २०११ को हो। त्यतिबले रजनीकान्त किड्नीको समस्याका कारण सिंगापुरको एलिजाबेथ हस्पिटलमा भर्ना भएका थिए। रजनीकान्तकी एक फ्यानले उनलाई किड्नी दिने फैसला गरेकी थिइन्।
उनले निद्राका कैयौं गोलीहरु खाइन्। उनको मृत्यु हुने सम्भावना बढोस् र किड्नी दिएर रजनीकान्तलाई बचाउन सकियो। पछि ती फ्यानलाई अस्पतालमा लगेर बचाइएको थियो। उनले आफूले आत्महत्याको प्रयास गर्नुको कारण रजनीकान्तलाई बचाउनु भएको खुलाएकी थिइन्।
फ्यानले बेचे श्रीमतीको गहना
रजनीकान्तका अनौठा फ्यानहरु छन्। तीमध्ये एक हुन जी मणि। उनले रजनीकान्तको जन्मदिनमा शानदार पार्टी दिनका लागि आफ्नी श्रीमतीको सबै गहना बेचिदिएका थिए। अनि यो घटना बाहिर आयो, जब रजनीकान्तको जीवनमाथि बनाइएको एक वृत्रचित्रमा उनलाई स्थान दिइएको थियो।
६६ हजारभन्दा धेरै ‘फ्यान क्लब’
सम्भवतः कलाकारिता क्षेत्रकै सबैभन्दा धेरै ‘फ्यान क्लाब’ भएका अभिनेतामा पर्छन्। रजनीकान्तका ६६ हजारभन्दा धेरै आधिकारिक रुपमा दर्ता गरिएका फ्यान क्लबहरु छन् भने असंख्य दर्ताबिनाका फ्यान क्लबहरु छन्।
रजनीकान्तको स्वास्थ्यमा समस्या हुँदा उनका यी फ्यानहरु मन्दिरमा सिढी चड्नेदेखि हवन, यज्ञ गर्नेसम्मका कामहरु गर्छन्।
फिल्ममा रजनीकान्तलाई मार्न मिल्दैन
फिल्ममा रजनीकान्तको अभिनय छ, भने त्यहाँ उनको मृत्यु भएको दृश्य राख्न निर्माण पक्ष नै डराउँछ। उनीहरुको मान्यता छ– फिल्ममा रजनीकान्तलाई मार्न मिल्दैन। तर, यसको पछाडिको कारण पनि उनको जीवनसँग जोडिएको छ।
रजनीकान्तलाई फिल्ममा मरेको देखाएमा उनका फ्यानहरुले त्यो फिल्मलाई नै चल्न नदिनेदेखि हेर्न नगइदिनेसम्मका घटनाहरु विगतमा भएका छन्। कतिसम्म भने रजनीकान्तलाई मृत्यु भएको देखाइएको फिल्म प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोडसम्म भएको छ।
मणि रन्तमको फिल्म ‘थलापति रजनी’मा रजनीकान्त पात्रलाई मृत्यु भएको देखाइएको थियो। तर, चलचित्रकर्मीहरुले सिनेमा हलमा हमला हुने डरसँगै त्यो दृश्यहलाई काटेर नयाँ दृश्य छयांकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।