काठमाडौं– ‘टेनसन ब्रो’ युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोको टोलीले उक्त च्यानलका सञ्चालक २१ वर्षीय भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो।
कालीकोटको पचालझरना गाउँपालिका–९ घर भई काठमाडौं बूढानीलकण्ठ बस्दै आएका तिरुवालाई ब्यूरोको टोलीले गत शुक्रबार पक्राउ गरेको हो।
‘टेनसन ब्रो’युट्युब च्यानलमार्फत् अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाएको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए।
पक्राउ परेका तिरुवामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।