काठमाडौं– तीन थान सुनका बिस्कुटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुनका बिस्कुटसहित भारतीय नागरिक सिराज मदापत बापुट्टीलाई पक्राउ गरेको हो।
मंसिर २४ गते जजिरा एयरलायन्सको उडान नम्बर जे९५३९ मार्फत दुबईबाट कुवेत हुँदै काठमाडौं आएका ५० वर्षीय सिराज काठमाडौंबाट बाराको सिमरा जान लाग्दा पक्राउ परेका हुन्। उनले बोकेको कालो रंगको झोलामा एक्स–रे मेसिनले डिटेक्ट गर्दा संकेतदिए पछि प्रहरी जाँच गर्दा सुनका तीन थान बिस्कुट फेला परेको हो।
सुनका बिस्कुटसहित उनलाई विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।