काठमाडौं- भारतीय ओटीटी प्लेटफम अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्द्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ।
नेपालमा यसको प्रवर्द्धन र वितरण टेलिनेटले सुनिश्चित गर्ने जनाएको छ। डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवेजस्ता स्थानीय बिलिङ च्यानलहरूमार्फत् भुक्तानी गरी प्रयोगकर्ताहरूले घरमै बसेर आनन्द लिनसक्ने कम्पनीको भनाइ छ।
‘अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताहरुका लागि यो सहकार्य महत्त्वपूर्ण मानिएको छ, जुन यो भन्दा अगाडि धेरैको पहुँचमा थिएन। टेलिनेट प्रालि अल्ट बालाजीको एक आधिकारिक-पुनबिक्रेता हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसको माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामग्रीहरुमा निरन्तर पहुँच पाउने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।