काठमाडौं– ८ वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय राजु थापालाई पक्राउ गरेको हो।
थापालाई सीआईबीले शुक्रबार झम्सिखेलबाट पक्राउ गरेको हो। २०५५ जेठ १२ थापाले एक ८ वर्षीया बालिकालाई धम्की दिँदै बलात्कार गरेका थिए। घरमा कोही नभएको मौकामा ज्यान मार्ने धम्की दिँदै उनले बालिकामाथि करणी गरेका थिए।
सो मुद्दामा थापालाई उच्च अदालत पाटनले ३ वर्ष कैदको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका थापालाई सीआईबीले २१ वर्षपछि पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।