वीरगञ्ज– बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ।
करिब रु पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा सामग्रीसहित नियन्त्रणमा लिइएको ना३ख २२९ नंको मालवाहक ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको हो।
सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।