• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

सिटौलाका उत्तराधिकारी प्रदीप पौडेल!

64x64
लिलु डुम्रे बिहीबार, मंसिर २३, २०७८  २१:४८
1140x725

काठमाडौं- ‘वैचारिक समूह’का रुपमा परिचित कांग्रेसको तेस्रो धारको नेतृत्व कृष्णप्रसाद सिटौलाले गर्छन्। २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनको आसपास जन्मिएको उक्त धारले ६ वर्ष पूरा गर्न नपाउँदै उत्तराधिकारीको संकेत देखापरेको छ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै सिटौलाको ‘एकलानुभूति’ले यो धारको जन्म भएको थियो। उनले लामो समयदेखि सघाउँदै आएको कोइराला परिवारको राजनीतिक निरन्तरताको जिम्मेवारी रामचन्द्र पौडेलको काँधमा आएको थियो। त्यसैक्रममा सिटौला उछिट्टिए। त्यसरी उछिट्टिएका सिटौला १३औं महाधिवेशनमा सभापतिमा पौडेलको हारको कारण बने।

२०७२ सालमा आफ्नो धार निर्माण गर्दा सिटौलासँग गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतको साथ थियो। यसबीचमा थापा त्यो धारबाट बाहिरिए थापाजस्ता प्रभावशाली नेताहरुको बहिर्गमन र सिटौलाले पनि कुनै प्रभाव देखाउन नसक्दा यो समूह ‘सकियो’ भन्ने चर्चा चल्यो।

बिहीबार भने सिटौलाले आफ्नो शक्तिलाई कम आकलन नगर्न चुनौती नै दिए। त्यो सन्देश प्रवाह गर्नका लागि उनले आफ्नो सम्पर्क कार्यालयमा ‘बृहत् भेला’ आयोजना गरेका थिए।

६ महिनाभन्दा अघि नै सिटौलाले गौशालामा आफ्नो सम्पर्क कार्यालय खोलेका थिए। १४औं महाधिवेशनलाई केन्द्रमा राखेर खोलिएको भए पनि समयमै महाधिवेशन हुन नसकेपछि सो कार्यालयको खासै उपयोग हुन सकेको थिएन। १४ औं महाधिवेशन सुरु हुनुभन्दा एकदिन अघि मात्रै सिटौलाले आफ्नो सम्पर्क कार्यालयको भरपुर सदुपयोग गरे। महाधिवेशन प्रतिनिधिमा चुनिएका आफू निकटका नेताहरुलाई राखेर उनले अर्थपूर्ण सन्देशहरु दिए।

सिटौलाले आफ्नो पछिल्लो रणनीति पनि स्पष्ट पारिदिए। संकटका बेलामा साथ दिनेहरुप्रति उनी अनुग्रहित पनि सुनिए। ‘संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने मेरो लक्ष्य हो’, उनको भनाइ थियो।

भेलामा सिटौलाले आफूले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको पनि सन्देश दिए।

गगन थापाको बहिर्गमनपछि यो समूह संकटमा परेको सिटौलाको बुझाइ छ। त्यसैले त्यतिबेला आफ्नो साथ नछोडेकालाई ‘उचित व्यवस्थापन’ गर्ने उनको अठोट देखिन्छ। ‘संकटको बेला’मा उनलाई साथ दिएका प्रमुख सारथिको रुपमा उनले प्रस्तुत गर्ने व्यक्ति हुन्– प्रदीप पौडेल।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले सिटौला समूहभित्र उनकै नेतृत्वमा प्यानल घोषणा गरेर चुनाव लड्ने, देउवासँग मिल्ने वा रामचन्द्र पौडेल समूहसँग मिल्ने भन्नेमा छलफल जारी छ। प्रधान, चौधरी र हुमागाईं लगायतले संस्थापन पक्षसँग मिल्नुपर्ने सुझाव राख्दै आएका छन्। प्रदीप पौडेल भने सभापति देउवाको विरोधमा थिए। देउवाका विधान विपरीतका कार्यमा उनको चर्को असन्तुष्टि रहन्थ्यो। विभाग गठन हुँदै गर्दा एक विभागको प्रमुखमा पौडेललाई नियुक्ति गर्ने सभापति देउवाको तयारी थियो। पौडेल विवादित विभागमा बसेनन्।

प्रदीप पौडेलको विचारमा अडिग रहने र अध्ययनशील स्वभावले सिटौलालाई छोएको छ। उनी नै आफ्नो समूहको कुशल नेतृत्व हुने सिटौलाको बुझाइ छ। उनले नेतृत्वमा स्थापित गर्ने लक्ष्य राखेका व्यक्ति पनि उनै हुन्। त्यसका लागि महामन्त्रीको उम्मेदवार नै बनाइसकेका छन्। पौडेलले एक महिनाअघि नै सिटौलासँगको सल्लाहमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।

पौडेललाई महामन्त्री बनाउन सके तेस्रो धार निरन्तर रहने सिटौलाको बुझाइ छ। त्यसका लागि फाइदा पुग्ने पक्षसँग सहकार्य गर्ने सम्भावना पनि छ। आफूलाई उपसभापति, पौडेललाई महामन्त्री र केहीलाई सहमहामन्त्रीमा व्यवस्थापन गर्ने उनको प्रयास छ। त्यसैले पनि उनी दुई पक्षको बैठकका निर्णय कुरेर बसेका छन्। आफ्नो रणनीति अनुसारको प्रस्ताव आए जुनसुकै पक्षसँग सहकार्य गर्न उनी तयार छन्। 

महाधिवेशनमा आफ्नो पक्षको सम्मानजनक हिस्सेदारी नभए आफ्नो तर्फबाट छुट्टै प्यानल हुने प्रदेश १ का सभापति उद्धव थापा बताउँछन्। ‘प्रदेश १ र बागमतीमा संस्थापन पक्षसँग सहकार्य गर्यौं। केही जिल्लामा पनि सहकार्य भएको छ’, सिटौला पक्षबाट प्रदेश १ को सभापतिमा विजयी थापाले भने, ‘संस्थापन पक्षबाट गठबन्धन हुने सम्भावना बढी छ। सम्माजनक उम्मेदवार नदिए हामीले छुट्टै प्यानल बनाउँछौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य पक्षको निर्णयको आधारमा आफ्नो उम्मेदवारी दिने/नदिने निर्णय गर्ने सिटौलाको रणनीति छ। ‘चुनावमा नोमिनेशनअघि मात्र म कुरा राख्ने छु’, उनले भने, ‘साथीहरुलाई बलियो बनाउन सकेमात्र म बलियो हुन्छु।’  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  २१:४८
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्