काठमाडौं– गएराति धुनषामा पेस्तोल ताक्दै २ घरमा लुटपाट भएको छ। गणेशमान चारनथ नगरपालिका–९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरमा गएराति लुटपाट भएको हो।
दुई जनाको घरबाट लुटेराको समूहले करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेको प्रहरीले जानकारी दिए।
लुटपाटमा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई प्रहरीले पक्राउ गरेको छ। बाँकी भने फरार भएका छन्।
अपरिचित ४/५ जना मानिसहरुले पेस्तोल ताक्दै संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए।
महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहनासमेत गरी २ लाख बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी बरबझिया र इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो । पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागजिन समेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।