काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठकमा भर्खरै सम्पन्न पार्टीको एकता महाधिवेशनमा निर्मलनिवासबाट भएको हस्तक्षेपबारे छानविन हुनुपर्ने माग उठेको छ। अध्यक्षमा पराजित कमल थापानिकट पदाधिकारीहरुले उक्त माग उठाएका हुन्।
एकता महाधिवेशनपछि पहिलोपटक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा आठ जनाले पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको महाधिवेशनमा चलखेल गरेको र त्यसको छानविनका लागि पार्टीले समिति गठन गर्नुपर्ने माग गरेका थिए।
यसरी उठाउनेमा केन्द्रीय सदस्य राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, शशी सिलवाल, रीता माझी, राधेश्याम साह, जमुना थापा र दीपक मल्ल थिए।
निर्वाचनमा पराजित भएलगत्तै निर्वतमान अध्यक्ष थापाले पूर्वराजाले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।