काठमाडौं– बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको वैवाहिक कार्यक्रम चलिरहेको छ। डिसेम्बर ७ देखि डिसेम्बर ९ सम्म चल्ने यो विवाहको कार्यक्रममा उनीहरुले हिन्दू र क्रिस्चियन परम्परामा विवाह गर्दैछन्। भारतको राजस्थानमा उनीहरको विवाहको कार्यक्रम राखिएको छ।
बलिउडमा तहल्का पिटिरहेको विक्की र कट्रिनाको विवाहलाई लिएर अर्को खुलासा भएको छ। केही दिन यता उनीहरुको विवाहको भिडियो तथा फोटोका लागि सय करोड भारतीय रुपैयाँसम्म प्रस्ताव गरिएको खबर आएको थियो। बुधबार भने दुईको वैवाहिक कार्यक्रमको भिडियो कसले र कतिमा किनेको भन्ने खुलेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कट्रिनाको विवाहको फोटो र भिडियोलाई अमेजोनल प्राइमले खरिद गरेको छ। प्राइमले यी दुईको वैवाहिक कार्यक्रमको भिडियो खिच्नका लागि ८० करोड भारतीय रुपैयाँ दिएको छ।
अमेजोनले विक्की र कट्रिनाको विवाहको भिडियोलाई फिचर फिल्मकै शैलीमा खिच्ने र उनीहरुको प्रेम प्रसंगदेखि विवाह बन्धनमा बाँधिदासम्मका कुराहरुलाई समेट्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।