फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति पदको दाबी छाडेका छन्। आगामी महाधिवेशनमा सभापतिका लागि दाबी गर्दै आएका उनले उक्त घोषणा गरेका हुन्।
सभापतिको साझा उम्मेदवार तय गर्न प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापनइतरको बैठकपछि डा कोइरालाले आफूले दाबी छाडेको सञ्चारकर्मीलाई बताए।
'मैले दाबी छोडें। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ। तर, अरु मिले उहाँले छोड्ने सङ्केत गर्नुभएको छ। शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,' उनले भने, 'हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्गिन नसके भोलि बिहान त पक्कै सकिन्छ।'
डा कोइरालाले शेरबहादुर देउवालाई पराजित गर्नसक्ने एक मात्रै व्यक्ति आफू भएको बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।