काठमाडौं– १४औं महाधिवेशनका लागि सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर छलफलमा जुटेका नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु बुधबार बिहान फेरि छलफलमा जुट्ने भएका छन्।
नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित निवासमा मंगलबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बुधबार बिहान ९ बजे पुन: बस्ने गरी नेताहरु छुट्टिएका छन्।
मंगलबारको बैठकमा सहभागी नेताहरुले साझा उम्मेदवार तय गर्ने सम्भावना भने बढेर गएको बताएका छन्।
संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।