फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको उम्मेदवार टुङ्ग्याउन ढिला भएको टिप्पणी गरेका छन्।
सभापतिका आकांक्षीहरुलाई मिलाउन प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापनइतरको बैठकपछि उनले पत्रकारसँग कुरा गर्दै एक जनाले मात्र अध्यक्षको उम्मेदवारी दिनुपर्ने पक्षमा आफू रहेको बताए।
‘सभापतिको उम्मेदवारमा सहमति हुनैपर्छ। दाबी कसले छोड्छ, म भन्न सक्दिनँ,’ उनले भने, ‘अहिले प्रकाशमान र शेखरजी दुवैजना आ-आफ्नै अडानमा हुनुहुन्छ। जोसुकै भए पनि हुन्छ तर एक जनामात्रै उठ्नुपर्छ।’
सके आजै नत्र भोलि बिहानसम्म उम्मेदवार टुङ्ग्याउनुपर्ने उनले बताए। बैठकमा जिल्ला सभापतिसँग पनि राय सल्लाह लिनुपर्छ भन्ने कुरा आएको उनले बताए। राय लिने कुरा राम्रो भए पनि समय धेरै नभएकाले लम्ब्याउन नहुने कोइरालाको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।