काठमाडौं- भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ।
यसअघि आइतबार यो संख्या पाँच गुणाले बढेको थियो। शनिबारसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या चार मात्र थियो।
यता, जयपुरमा एकै परिवारका ९ जना र मुम्बईमा ७ जना र दिल्लीमा १ जनामा यो भाइरसको संक्रमण देखिएको थियो।
सोही क्रममा सोमबार दक्षिण अफ्रिकाबाट महाराष्ट्र फर्किएका ३७ वर्षीय पुरुष र अमेरिकाबाट फर्किएका उनका ३६ वर्षीय साथीलाई ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
यता, महाराष्ट्रमा ओमिक्रोन संक्रमणको सबैभन्दा बढी १० संक्रमित फेला परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।