• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सिनेमा हलमा नचलेका नेपाली फिल्म युट्युबमा किन ‘हिट’ हुन्छन्?

64x64
युवराज भट्टराई सोमबार, मंसिर २०, २०७८  ०७:०४
1140x725

काठमाडौं– चलचित्र ‘लम्फु’ २०७५ वैशाखमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो। यो फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका थिए। सलोन बस्नेत, कविर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, कुसुम श्रेष्ठलगायत कलाकारको अभिनय भएको फिल्मलाई भूपतिले लेखेका थिए। 

यो फिल्मले गतिलो व्यापार गर्न सकेन। उपत्यकामा ‘स्टेसन फाइभ’, उपत्यकाबाहिर ‘एफडी कम्पनी’ र देशबाहिर ‘हाइलाइट्स नेपाल’ले वितरण गरेको फिल्म ‘फ्लप’ नै भयो। ‘तरकारीवाली’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएकी कुसुम श्रेष्ठले पनि अभिनय गरेको फिल्म प्रदर्शनअघि भने चर्चामा थियो। 

सिनेमा हलमा प्रदर्शनमा आएको तीन वर्षपछि उक्त फिल्म मंसिर १ बाट युट्युबमा रिलिज भयो। हलमा फ्लप भए पनि युट्युबमा फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। ‘हाइलाइट्स नेपाल’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज भएको फिल्म आइतबारसम्म २० लाखभन्दा धेरै पटक हेरिएको छ। मंसिर १२ गते युट्युबको ट्रेण्डिङमा यो छैटौं नम्बरमा थियो। 

अर्को फिल्म ‘यात्रा’ सिनेमा हलमा आएको करिब तीन वर्षपछि कात्तिक २६ मा ‘ओएसआर डिजिटल’को युट्युब च्यानलमा रिलिज भएकोछ। यो फिल्म आइतबारसम्ममा करिब ४२ लाख पटक हेरिसकिएको छ। सम्राट शाक्यले निर्देशन तथा लेखन गरेको यो फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जान्हवी बस्नेत, विशाल कटुवाललगायतको अभिनय छ। 

२०७५ चैतमा सिनेमा हलमा प्रदर्शन हुँदा यो फिल्मले दर्शक तान्नै सकेन। समीक्षकहरुले यसलाई ‘कथै नभएको फिल्म’ भनेर आलोचना गरेका थिए। तर, हलमा फ्लप भए पनि यो फिल्मले युट्युबमा भने राम्रै चर्चा पाइरहेको छ। 

हलमा फ्लप भएका फिल्महरू युट्युबमा रिलिज भएपछि चर्चामा आउने गरेका छन्। सिनेमा हलमा प्रदर्शन हुँदा केही दिनसम्म पनि टिक्न नसकेका फिल्म युट्युबमा रिलिज भएपछि भने हप्तौंसम्म ट्रेण्डिङमा हुने र करोडौंसम्म भ्युज बटुल्ने गरेका छन्।

विकासराज आचार्यको निर्देशनमा बनेको ‘हजार जुनीसम्म’ सिनेमा हलमा प्रदर्शन हुँदा प्रायः कुर्सी खाली थिए। ‘नाई नभन्नु ल’ श्रृङ्खलामार्फत चर्चा कमाएका निर्देशक आचार्यले यो फिल्ममा भने ‘नाई नभन्नु ल’मा जस्तो ‘क्रेज’ पाएनन्।

मंसिर १२ गतेबाट युट्युबमा रिलिज भएको यो फिल्म सिनेमा हलमा १३ भदौ २०७६ मा लागेको थियो। प्रदर्शनका क्रममा लगानीसम्म उठाउन हम्मे परेको फिल्मलाई युट्युबमा भने रुचाइएको छ। आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, सञ्चिता लुइँटेल, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको फिल्म युट्युबमा आएको केही घण्टामै ट्रेण्डिङको पहिलो नम्बरमा उक्लिएको थियो। आइतबारसम्ममा यो फिल्म ४४ लाखभन्दा धेरै भ्युजसहित पहिलो नम्बरमै रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उल्लिखित फिल्महरू पछिल्लो दुई सातायता युट्युबमा रिलिज भएका हुन्। यी तीनै फिल्म सिनेमा हलमा फ्लप भएका थिए। तर, युट्युबमा राम्रो भ्युज कमाएका छन्।

‘पोइ पर्‍यो काले’, ‘१२ मासे’, ‘गोपी’, ‘पासवर्ड’, ‘पुरानो बुलेट’, ‘बटरफ्लाई’, ‘सुश्री सम्पत्ति’ जस्ता दर्जनौं फिल्मले सिनेमा हलमा राम्रो व्यापार गर्न नसके पनि युट्युबमा लाखौं भ्युज बटुलेका छन्। प्रदर्शन हुँदा एक दिन पनि हलमा नटिक्ने फिल्म युट्युबमा भने हप्तौंसम्म ट्रेण्डिङमा बस्ने गरेका छन्। 

युट्युबमा ट्रेण्डिङमा चलिरहेको फिल्म ‘यात्रा’का निर्देशक सम्राट शाक्य कुनै पनि फिल्मले हलमा राम्रो प्रदर्शन गर्न नसके पनि युट्युबमा राम्रो भ्युज पाउनुको कारण सबै ठाउँमा सिनेमा हल नहुनु नै भएको बताउँछन्। विदेशमा नेपाली फिल्मको प्रदर्शन नहुने र देशमै पनि हरेक ठाउँमा हलको पहुँच नहुने कारण युट्युबमा चल्ने गरेको उनको भनाइ छ। ‘हल गएर सिनेमा हेर्ने संस्कृति पनि छैन। त्यसैले युट्युबमा फिल्म रिलिज हुँदा राम्रो भ्युज पाउने गर्छ,’ उनले भने।

वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेकाले पनि युट्युबमा हेर्ने कारण भ्युज बढी हुने गरेको छ। सम्राट भन्छन्, ‘युट्युब विश्वव्यापी भएकाले पनि यसमा विश्वव्यापी दर्शक आउने हो। नेपाली फिल्म त युट्युबमा रिलिज हुँदा जस्तो प्रदर्शनको बेला विश्वव्यापी रुपमै हेर्न पाइँदैन नि।’

Xtrem

Xtrem

हलमा हिट भएका फिल्म युट्युबमा रिलिज हुँदा भ्युज आउनु स्वभाविक हो, तर सिनेमा हलमा चल्दै नचलेका फिल्मको पनि भ्युज आउनुमा नेपालीको स्वभावले पनि काम गरेको देखिन्छ। फिल्म, गीत, संगीतलाई मनोरञ्जन र ‘समय कटाउने मेलो’को रुपमा मात्रै हेर्ने संस्कृतिका कारण युट्युबमा विनाशुल्क फिल्म हेर्न पाउँदा जोसुकैले हेर्ने सम्राट बताउँछन्।

युट्युबमा फिल्म हेर्ने दर्शकका लागि नेपाली फिल्म कममध्येका विकल्पमा पर्छन्। नेपाली दर्शकले युट्युबमा दक्षिण भारतीय र नेपाली फिल्म मात्रै हेर्न पाउँछन्। ठूलो बजेटमा बनेका बलिउड फिल्म लामो समयपछि मात्रै युट्युबमा रिलिज हुन्छन्। हलिउड तथा अन्तराष्ट्रिय भाषाका फिल्म युट्युबमा रिलिज नै हुँदैनन्। यस्तोमा नेपाली फिल्म केही महिनाभित्रै युट्युबमा आउँदा हलमा दर्शक नजाने गरेका छन्। ती फिल्म युट्युबमा भने हिट भइरहेका छन्। यस्तो प्रवृत्तिकै कारण फिल्म समीक्षकहरुले ‘राम्रो’ बताएका ‘गोपी’ जस्ता फिल्म बक्सअफिसमा फ्लप भइरहेका छन्।

अर्कातिर, दर्शक हलसम्म जान नचाहँदा पनि फिल्म फ्लप भइरहेका छन्। फिल्मबारे जानकार नभएका दर्शक पनि फिल्म हेर्न हलसम्म पुग्दैनन्। ‘हाम्रोमा युट्युबमा रिलिज भएपछि नै फिल्म हेर्न पाइन्छ, के पैसा खर्च गर्नु भन्ने सोच छ,’ निर्देशक शाक्य भन्छन्, ‘सिनेमा हलमा प्रदर्शन भएका फिल्म तीन-चार महिनामा नै युट्युबमा आइहाल्छन्। तीन-चार महिनापछि युट्युबमै हेरौं भन्ने सोचको विकास भएका कारण पनि उनीहरु युट्युबमै फिल्मको प्रतीक्षा गर्छन्।’

शाक्य यो प्रवृत्तिका कारण दर्शक पनि मारमा पर्ने बताउँछन्। केही समयमै युट्युबमा हेर्न पाइने हुँदा औसत संख्यामा पनि दर्शक हलसम्म नपुग्ने र त्यसले फिल्मलाई हलमा केही दिन पनि टिक्न नदिने हुन्छ। शाक्य भन्छन्, ‘युट्युबमा देखिएको जस्तै दर्शकको चासो हलमा देखिनुपर्छ भन्ने होइन्। तर, त्यसको थोरै प्रतिशत मात्रै हलमा दर्शक आएमा फिल्ममा भएको लगानी उठ्छ।’

फ्लप भएकै फिल्मले पनि युट्युबमा पाएको भ्युजले मात्र लगानी उठाउँन सक्दैन। लाखौंको लगानीमा बनेका फिल्मका निर्माताले युट्युबमा प्रसारण गर्न सम्झौता गरिएका कम्पनीको च्यानलमार्फत हुने आम्दानीको केही प्रतिशत मात्रै पाउँछन्। तर, निर्माताहरू हलमा दर्शकले चासो नदिँदा लगानीको केही अंश मात्रै पाउने हेतुले युट्युबमा फिल्म रिलिज गरिरहेका हुन्छन्। निर्देशक शाक्य भन्छन्, ‘युट्युबले लगानी त के उठ्नु, मनको शान्ति मात्रै हो।’

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्