• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सिनेमा हलमा नचलेका नेपाली फिल्म युट्युबमा किन ‘हिट’ हुन्छन्?

64x64
युवराज भट्टराई सोमबार, मंसिर २०, २०७८  ०७:०४
1140x725

काठमाडौं– चलचित्र ‘लम्फु’ २०७५ वैशाखमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो। यो फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका थिए। सलोन बस्नेत, कविर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, कुसुम श्रेष्ठलगायत कलाकारको अभिनय भएको फिल्मलाई भूपतिले लेखेका थिए। 

यो फिल्मले गतिलो व्यापार गर्न सकेन। उपत्यकामा ‘स्टेसन फाइभ’, उपत्यकाबाहिर ‘एफडी कम्पनी’ र देशबाहिर ‘हाइलाइट्स नेपाल’ले वितरण गरेको फिल्म ‘फ्लप’ नै भयो। ‘तरकारीवाली’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएकी कुसुम श्रेष्ठले पनि अभिनय गरेको फिल्म प्रदर्शनअघि भने चर्चामा थियो। 

सिनेमा हलमा प्रदर्शनमा आएको तीन वर्षपछि उक्त फिल्म मंसिर १ बाट युट्युबमा रिलिज भयो। हलमा फ्लप भए पनि युट्युबमा फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। ‘हाइलाइट्स नेपाल’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज भएको फिल्म आइतबारसम्म २० लाखभन्दा धेरै पटक हेरिएको छ। मंसिर १२ गते युट्युबको ट्रेण्डिङमा यो छैटौं नम्बरमा थियो। 

अर्को फिल्म ‘यात्रा’ सिनेमा हलमा आएको करिब तीन वर्षपछि कात्तिक २६ मा ‘ओएसआर डिजिटल’को युट्युब च्यानलमा रिलिज भएकोछ। यो फिल्म आइतबारसम्ममा करिब ४२ लाख पटक हेरिसकिएको छ। सम्राट शाक्यले निर्देशन तथा लेखन गरेको यो फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जान्हवी बस्नेत, विशाल कटुवाललगायतको अभिनय छ। 

२०७५ चैतमा सिनेमा हलमा प्रदर्शन हुँदा यो फिल्मले दर्शक तान्नै सकेन। समीक्षकहरुले यसलाई ‘कथै नभएको फिल्म’ भनेर आलोचना गरेका थिए। तर, हलमा फ्लप भए पनि यो फिल्मले युट्युबमा भने राम्रै चर्चा पाइरहेको छ। 

हलमा फ्लप भएका फिल्महरू युट्युबमा रिलिज भएपछि चर्चामा आउने गरेका छन्। सिनेमा हलमा प्रदर्शन हुँदा केही दिनसम्म पनि टिक्न नसकेका फिल्म युट्युबमा रिलिज भएपछि भने हप्तौंसम्म ट्रेण्डिङमा हुने र करोडौंसम्म भ्युज बटुल्ने गरेका छन्।

विकासराज आचार्यको निर्देशनमा बनेको ‘हजार जुनीसम्म’ सिनेमा हलमा प्रदर्शन हुँदा प्रायः कुर्सी खाली थिए। ‘नाई नभन्नु ल’ श्रृङ्खलामार्फत चर्चा कमाएका निर्देशक आचार्यले यो फिल्ममा भने ‘नाई नभन्नु ल’मा जस्तो ‘क्रेज’ पाएनन्।

मंसिर १२ गतेबाट युट्युबमा रिलिज भएको यो फिल्म सिनेमा हलमा १३ भदौ २०७६ मा लागेको थियो। प्रदर्शनका क्रममा लगानीसम्म उठाउन हम्मे परेको फिल्मलाई युट्युबमा भने रुचाइएको छ। आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, सञ्चिता लुइँटेल, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको फिल्म युट्युबमा आएको केही घण्टामै ट्रेण्डिङको पहिलो नम्बरमा उक्लिएको थियो। आइतबारसम्ममा यो फिल्म ४४ लाखभन्दा धेरै भ्युजसहित पहिलो नम्बरमै रहेको छ।

Ncell 2
Ncell 2

उल्लिखित फिल्महरू पछिल्लो दुई सातायता युट्युबमा रिलिज भएका हुन्। यी तीनै फिल्म सिनेमा हलमा फ्लप भएका थिए। तर, युट्युबमा राम्रो भ्युज कमाएका छन्।

‘पोइ पर्‍यो काले’, ‘१२ मासे’, ‘गोपी’, ‘पासवर्ड’, ‘पुरानो बुलेट’, ‘बटरफ्लाई’, ‘सुश्री सम्पत्ति’ जस्ता दर्जनौं फिल्मले सिनेमा हलमा राम्रो व्यापार गर्न नसके पनि युट्युबमा लाखौं भ्युज बटुलेका छन्। प्रदर्शन हुँदा एक दिन पनि हलमा नटिक्ने फिल्म युट्युबमा भने हप्तौंसम्म ट्रेण्डिङमा बस्ने गरेका छन्। 

युट्युबमा ट्रेण्डिङमा चलिरहेको फिल्म ‘यात्रा’का निर्देशक सम्राट शाक्य कुनै पनि फिल्मले हलमा राम्रो प्रदर्शन गर्न नसके पनि युट्युबमा राम्रो भ्युज पाउनुको कारण सबै ठाउँमा सिनेमा हल नहुनु नै भएको बताउँछन्। विदेशमा नेपाली फिल्मको प्रदर्शन नहुने र देशमै पनि हरेक ठाउँमा हलको पहुँच नहुने कारण युट्युबमा चल्ने गरेको उनको भनाइ छ। ‘हल गएर सिनेमा हेर्ने संस्कृति पनि छैन। त्यसैले युट्युबमा फिल्म रिलिज हुँदा राम्रो भ्युज पाउने गर्छ,’ उनले भने।

वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेकाले पनि युट्युबमा हेर्ने कारण भ्युज बढी हुने गरेको छ। सम्राट भन्छन्, ‘युट्युब विश्वव्यापी भएकाले पनि यसमा विश्वव्यापी दर्शक आउने हो। नेपाली फिल्म त युट्युबमा रिलिज हुँदा जस्तो प्रदर्शनको बेला विश्वव्यापी रुपमै हेर्न पाइँदैन नि।’

हलमा हिट भएका फिल्म युट्युबमा रिलिज हुँदा भ्युज आउनु स्वभाविक हो, तर सिनेमा हलमा चल्दै नचलेका फिल्मको पनि भ्युज आउनुमा नेपालीको स्वभावले पनि काम गरेको देखिन्छ। फिल्म, गीत, संगीतलाई मनोरञ्जन र ‘समय कटाउने मेलो’को रुपमा मात्रै हेर्ने संस्कृतिका कारण युट्युबमा विनाशुल्क फिल्म हेर्न पाउँदा जोसुकैले हेर्ने सम्राट बताउँछन्।

युट्युबमा फिल्म हेर्ने दर्शकका लागि नेपाली फिल्म कममध्येका विकल्पमा पर्छन्। नेपाली दर्शकले युट्युबमा दक्षिण भारतीय र नेपाली फिल्म मात्रै हेर्न पाउँछन्। ठूलो बजेटमा बनेका बलिउड फिल्म लामो समयपछि मात्रै युट्युबमा रिलिज हुन्छन्। हलिउड तथा अन्तराष्ट्रिय भाषाका फिल्म युट्युबमा रिलिज नै हुँदैनन्। यस्तोमा नेपाली फिल्म केही महिनाभित्रै युट्युबमा आउँदा हलमा दर्शक नजाने गरेका छन्। ती फिल्म युट्युबमा भने हिट भइरहेका छन्। यस्तो प्रवृत्तिकै कारण फिल्म समीक्षकहरुले ‘राम्रो’ बताएका ‘गोपी’ जस्ता फिल्म बक्सअफिसमा फ्लप भइरहेका छन्।

अर्कातिर, दर्शक हलसम्म जान नचाहँदा पनि फिल्म फ्लप भइरहेका छन्। फिल्मबारे जानकार नभएका दर्शक पनि फिल्म हेर्न हलसम्म पुग्दैनन्। ‘हाम्रोमा युट्युबमा रिलिज भएपछि नै फिल्म हेर्न पाइन्छ, के पैसा खर्च गर्नु भन्ने सोच छ,’ निर्देशक शाक्य भन्छन्, ‘सिनेमा हलमा प्रदर्शन भएका फिल्म तीन-चार महिनामा नै युट्युबमा आइहाल्छन्। तीन-चार महिनापछि युट्युबमै हेरौं भन्ने सोचको विकास भएका कारण पनि उनीहरु युट्युबमै फिल्मको प्रतीक्षा गर्छन्।’

शाक्य यो प्रवृत्तिका कारण दर्शक पनि मारमा पर्ने बताउँछन्। केही समयमै युट्युबमा हेर्न पाइने हुँदा औसत संख्यामा पनि दर्शक हलसम्म नपुग्ने र त्यसले फिल्मलाई हलमा केही दिन पनि टिक्न नदिने हुन्छ। शाक्य भन्छन्, ‘युट्युबमा देखिएको जस्तै दर्शकको चासो हलमा देखिनुपर्छ भन्ने होइन्। तर, त्यसको थोरै प्रतिशत मात्रै हलमा दर्शक आएमा फिल्ममा भएको लगानी उठ्छ।’

फ्लप भएकै फिल्मले पनि युट्युबमा पाएको भ्युजले मात्र लगानी उठाउँन सक्दैन। लाखौंको लगानीमा बनेका फिल्मका निर्माताले युट्युबमा प्रसारण गर्न सम्झौता गरिएका कम्पनीको च्यानलमार्फत हुने आम्दानीको केही प्रतिशत मात्रै पाउँछन्। तर, निर्माताहरू हलमा दर्शकले चासो नदिँदा लगानीको केही अंश मात्रै पाउने हेतुले युट्युबमा फिल्म रिलिज गरिरहेका हुन्छन्। निर्देशक शाक्य भन्छन्, ‘युट्युबले लगानी त के उठ्नु, मनको शान्ति मात्रै हो।’

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्