• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

फुटबल लिगमा गोलकै खडेरी!

64x64
दीप सुवेदी शुक्रबार, मंसिर १७, २०७८  १६:२२
1140x725

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १०० गोलको कोशेढुंगा पूरा गर्ने पहिलो खेलाडी हुन् सन्तोष साहुखल। सन्तोष सन् २०१५ यता राष्ट्रिय टिममा छैनन्। यसपटक लिग पनि खेलेका छैनन्।

सन्तोषले उक्त कोशेढुङ्गा गत वर्षको लिगमा च्यासल युथ क्लबबाट पूरा गरेका थिए। तर, यो वर्ष लिगको दुई चरण सकिँदा पनि उपाधि दाबेदार मानिएको च्यासलले त्यही स्तरमा गोल गर्न सकेको छैन। च्यासल पहिलो खेलमा थ्रीस्टारसँग ३–० ले पराजित भएको थियो। अर्को खेलमा विभागीय टोली एपीएफविरुद्ध एक गोल गर्नसक्यो। उक्त गोल रमेश बर्तौलाले गरेका थिए। 

च्यासल अंक तालिकाको आठौँ स्थानमा छ। जारी लिगमा गोल गर्न नसक्ने समस्या च्यासलको मात्र होइन। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न दोस्रो चरणका सात खेलमा जम्मा सात गोल भए। पहिलो चरणका सात खेलमा भने १६ गोल भएका थिए। ब्रिगेड ब्वाइज र एपीएफबीचको एउटै खेलमा पाँच गोल लागेका थिए।

दोस्रो चरणमा संकटा र फ्रेन्ड्स क्लबबीचको खेलमा सर्वाधिक तीन गोल भए। उक्त खेलमा संकटाले फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नवप्रवेशी सातदोबाटो क्लबले थ्रीस्टारलाई १–० गोलको नतिजामा हराएको थियो। तेस्रो खेलमा एपीएफ च्यासलसँग १–० ले पराजित भएको थियो। चौँथो खेलमा सर्वाधिक आठ पटकको लिग विजेता मनाङ मर्स्याङदीसँग हिमालयन शेर्पा १–० ले हारेको थियो। 

पाँचौँ खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरमा पराजित गरेको थियो। छैठौँ खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टिमले गोलरहित बराबरी खेले। दोस्रो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र र उपविजेता नेपाल आर्मीले गोलरहित बराबरी खेले।

लिगमा दुई चरणका खेल सकिँदा २३ गोल भएका छन्। जसमा ब्रिगेड ब्वाइजका दिनेश राई र मछिन्द्रका सुनिल बलले मात्रै दुई–दुई गोल गरेका छन्। सुनिल राष्ट्रिय टिमका खेलाडी हुन्। जारी लिगमा गोल गर्ने अधिकांश राष्ट्रिय टिममा नपरेका खेलाडी छन्। राष्ट्रिय टिमका फवार्डहरूले नै लिगमा गोल गर्न नसक्नु सुखद संकेत होइन।

यसअघि २०७६ मा नाम चलेका खेलाडी जम्मा गरेर मच्छिन्द्रले लिग जितेको थियो। केही खेलाडी थप्दै उपाधि रक्षा गर्ने लक्ष्य बनाएको मच्छिन्द्रले यस सिजन नौ जना फरवार्ड जम्मा गरेको छ। राष्ट्रिय टिमका मनिष डाँगी र सुनिल बललाई समेत भित्र्याएर चर्चामा आएको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल टिममा अझै फरवार्डकै अभाव रहेको बताउँछन्।

‘हामीले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनौं, हाम्रोमा प्रोपर फरवार्डको कमी प्रष्ट देखियो। विमल घर्तीमगर पूर्ण रुपमा फिट छैनन्। सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण अझै एक महिना खेल्न सक्ने अवस्थामा छैनन्,’ उनी भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को ‘ए’ डिभिजन क्लब जावलाखेललाई गोल स्कोररको अझ ठूलो समस्या छ। दोस्रो चरणको खेल सकिँदा एकै गोल पनि गर्न नसक्ने एक्लो टिम बनेको छ। जवालाखेलमा सुनिल खड्का, सन्तबहादुर श्रेष्ठ, मनिष पौडेलसँगै विदेशी फरवार्ड ओन्गुना एनेकेन्गे जुनियर छन्।

अवसर निरन्तर खेर जाँदा टिम ‘अनलक्की’ भएको जावलाखेलका प्रशिक्षक किशोरकुमार केसी बताउँछन्। ‘पछिल्लो खेलमा दुई पटक बल बारमा लागेर बाहिरियो। अर्को टिमले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या भएको भन्नैपर्यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ, खै के हो? पूजा गर्नपर्ने हो कि!’ उनी भन्छन्।

मछिन्द्र, च्यासल र जावलाखेल मात्रै होइन, हरेकजस्तो क्लबका प्रशिक्षक गोल ‘स्कोरिङ’मा समस्या देखिएको बताउँछन्। उनीहरुलाई फरवार्डकै कमी छ। तर, एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने गोल नहुनुमा घरेलु मैदान कारक मान्छन्। 

उनको टोलीमा गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा सर्वाधिक आठ गोल गरेका क्यामरुनका मेसुके ओलुमे छन्। तर, उनले जारी प्रतियोगितामा भने गोल गर्न सकेका छैनन्। ‘उनी आश गरेकै खेलाडी हुन्। त्यसैले हामीले क्लबमा समेत भित्र्याएका थियौं। तर, जारी प्रतियोगितामा गोल भने गर्न सकेकका छैनन्,’ शाक्य भन्छन्, ‘यसको कारण मैदान नै हो।’

शाक्यका अनुसार क्षमता भएका खेलाडी क्लबसँग भए पनि उनीहरुले पर्याप्त प्रशिक्षण गर्न पाएका छैनन्। घरेलु मैदान नहुँदा खाली भएको स्थानमा लिग खेलिरहेको तीन चार क्लबले समय मिलाएर प्रशिक्षण गरिरहेका छन्। जति समय मिलेको छ, खेलाडीले त्यति नै प्रशिक्षण गरिरहेका छन्। त्यसैले प्रशिक्षणका लागि समय अपुग रहेको उनी बताउँछन्।

‘लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता खेलाडीलाई हेर्नुहुन्छ भने टार्गेट ट्रेनिङ नै घण्टौं गर्छन्। हामी त उही १५/२० मिनेट त हो,’ उनी भन्छन्, ‘एकै छिन खेलाउन पाएको हुँदैनौं अर्को टोली आइहाल्छ। ठाउँ त छाड्दिनै पर्‍यो।’

आर्मी, पुलिस र सशस्त्र प्रहरीको आफ्नै मैदान छ। उनीहरु ११ महिना प्रशिक्षण गर्छन्। त्यसैले खेलाडीहरू पनि फिट र तयारी अवस्थामा हुन्छन्। त्यसैले कुनै पनि खेलका लागि तयार नै हुन्छन्। तर, यी तीनबाहेक अन्य क्लबलाई प्रशिक्षणका लागि मैदान नै छैन।

एक वर्षअगाडि मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई मैदान उपलब्ध गराउने घोषणा गरेका थिए। उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनै पनि ठाउँमा खेल मैदान उपलब्ध गराउने वचन दिएका थिए। फुटबलप्रति मोह रहेका सिलवालले खेलाडीको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रा प्रतियोगिताको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्ने बताएका थिए। तर, उनले बोलेको कुरा एक वर्षसम्म पनि पूरा गर्न सकेनन्।

मैदान मात्रै होइन, खेलाडीको समस्या पनि उस्तै
एपीएफका प्रशिक्षक कुमार थापा भने खेलाडी अभावकै कारण गोल हुन नसकेको बताउँछन्। हालः एपीएफमा एक जनामात्रै राष्ट्रिय टोलीबाट खेल्दै आएका खेलाडी छन्। अन्य सबै ‘जुनियर’ खेलाडी हुन्। उनी अन्य क्लबमा नेपाली खेलाडी अभाव भए पनि त्यो विदेशी खेलाडीले परिपूर्ति गरेको बताउँछन्। तर, विभागीय टोलीमा भने विदेशी खेलाडी राख्न पाउने प्रवधान अझै नबनिसकेकाले गोल ननिस्किएको उनको दाबी छ। 

‘विभागीयबाहेक सबै टिममा विदेशी खेलाडी छन्। त्यसले गर्दा स्तर फरक छ, त्यसैले हामीलाई गाह्रो छ। एउटा टोलीमा चार जना विदेशी खेलाडी हुनु भनेको धेरै हो,’ थापा भन्छन्।

राम्रा खेलाडी अनुबन्ध गर्न चाहँदा क्लबहरूले ठूलो रकम खर्चिनुपर्छ, जुन उनीहरुले सम्भव नै देखेका छैनन्। लिग कमिटीका अनुसार क्लबले कम्तीमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउँछन्। जसमा चार जनासम्म विदेशी खेलाडी राख्न पाउने नियम छ। 

यदि, हरेक टिमले २० जना राख्छन् भन्ने मान्ने हो भने पनि जारी लिगका लागि २८० खेलाडी चाहिन्छ। जसमध्ये ५६ जनसम्म विदेशी खेलाडी अटाउन सक्छन्। तर, विदेशी खेलाडी ३१ जनाले मात्र खेलिरहेका छन्। कतिपय खेलाडी उमेरका कारणले मैदान प्रवेश गर्ने अवस्थामा छैनन् भने केही विदेशिएका छन्।

क्लबहरुका अनुसार उमेर समूहका खेलाडीलाई न्यूनतम २०/२५ हजार रुपैयाँ मासिक तलब दिनुपर्ने अवस्था छ। विदेशी र राष्ट्रिय टिममा खेल्ने खेलाडीहरुको तलब धेरै क्लबले व्यहोर्न सक्ने अवस्था छैन। साधारण टिम बनाउँदा पनि ७०/८० लाख खर्च हुने अवस्था रहेको एक क्लबका पदाधिकारीले बताए। तर, एपीएफमा भने मासिक ३० हजार पाउने खेलाडी मात्रै रहेको प्रशिक्षक थापा बताउँछन्।

विभागीय टोली आर्मी र एपीएफले क्लब लाइसेन्स प्राप्त गरेपछि विदेशी खेलाडी अनुबन्ध गर्ने चर्चा पनि चलेको थियो। क्लब लाइसेन्स प्राप्त गरेपछि विदेशी खेलाडीका लागि क्लबमा भित्र्याउन बाटो खुले पनि त्यति सहज भने छैन।

‘माथिबाट पहल गर्नुपर्ने हुन्छ। तर, अहिले हामीसँग जति खेलाडी छन्। त्यसको आधारमा विदेशी नहुँदा पनि फरक पर्दैन,’ आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘तर पछि क्लबको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्दा भने विदेशी खेलाडी आवश्यक पर्न सक्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १६:२२
  • #ए डिभिजन लिग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्