• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एक वर्षका लागि नयाँ क्रिकेट प्रशिक्षक आउँदै, देसाई वा दासानायकेको सम्भावना

64x64
दीप सुवेदी बिहीबार, मंसिर १६, २०७८  २०:२१
1140x725

काठमाडौं- राष्ट्रिय क्रिकेट टोली तीन महिनादेखि प्रशिक्षणविहीन छ। गएको भदौ दोस्रो साता आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत राष्ट्रिय टिम ओमान भ्रमणमा रहँदा तत्कालीन प्रशिक्षक डेभ ह्वाट्मोरले उतैबाट राजीनामा पठाएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले ह्वाट्मोरलाई नै नेपाल फर्काउने प्रयास पनि गरेका थिए। तर, चन्दबाटै रुष्ट बनेका वाट्मोरले आफू नेपाली टोलीको प्रशिक्षण सम्हाल्न नसक्ने बताएका थिए। बरु क्यानका पदाधिकारी परिवर्तन भएमात्र नेपाल फर्कनसक्ने बताए। उनी ओमानबाट क्रिकेट टोलीसँग नेपाल नआइ बिदा भए।

त्यसलगत्तै क्यानले नयाँ प्रशिक्षक भित्र्याउने जनाएको थियो। यो अवधिमा नेपालको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन। प्रशिक्षक भित्र्याउने प्रक्रिया बल्ल अन्तिम चरणमा पुगेको छ। क्यानले गरेको सार्वजनिक आह्वानअनुसार दरखास्त दिनेमध्ये छनोटमा परेका प्रशिक्षकसँग छनोट समितिले बुधबार 'भर्चुअल' अन्तर्वार्ता लिएको छ।

गएको कात्तिक १ मा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरिएको थियोे। तोकिएको मितिभित्र ६० जनाको आवेदन परेको थियो। त्यसमध्ये क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो। तर, छनोट समितिले सात जनालाई मात्र अन्तर्वार्ताका छनोट गरेको थियो।

आवेदन दिन सात जनामध्ये बुधबार राति १० बजेसम्ममा पाँच जनाले मात्र अन्तर्वार्ता दिए। उनीहरुसँग क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधिले अन्तर्वार्ता लिएका थिए।

‘मुख्य प्रशिक्षका लागि अन्तर्वार्ता सकिएको छ। अब हामी प्रशिक्षकको माग र हाम्रो सीमितताका विषयमा छलफल गर्नेछौं,’ मुख्य प्रशिक्षक छनोट समितिका सदस्य तथा क्रिकेट म्यानेजर विनोद दासले भने, ‘सबै कुरा सकिन तीन-चार दिन लाग्छ। त्यसपछि मात्र मुख्य प्रशिक्षकको टुङ्‍गो लाग्नेछ।’

क्यानले पाँचमध्ये तीन जनाको सूची आईसीसीलाई पठाउनेछ। मुख्य प्रशिक्षकको अन्तिम टुङ्‍गो भने आईसीसीले लगाउनेछ। तर, प्रशिक्षकको तलबलगायत सेवा सुविधाको टुड्‍गो भने क्यानले लगाउनु पर्नेछ।

क-कसले दिए अन्तर्वार्ता?
क्यान स्रोतका अनुसार मोन्टी देसाई, पुबुदु दासानायके, अशंखा गुरुसिंहा, ग्रान्ट ब्राडवर्न र रुवान कल्पले अन्तर्वार्ता दिएका छन्। भारतीय नागरिक देसाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

nimb
nimb
Ncell 2
Ncell 2

देसाई अहिले वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक छन्। अर्को महिनादेखि उनको सम्झौता सकिँदै छ। आवेदन परेकामध्येबाट देसाई नेपाल आउने सम्भावना उच्च रहेको क्यान स्रोतले जनाएको छ। ‘अहिलेको अवस्थामा देसाईको नाम अग्रस्थानमा छ। उहाँले अन्तर्वार्तामा पनि राम्रो प्रस्तुति दिनुभएको छ,’ एक पदाधिकारीले भने, ‘अब मासिक तलबको टुङ्गो लाग्न बाँकी छ।’

देसाईले नेपालसहित अफगानिस्तान, यूएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। सन् २०१५ मा क्यान निलम्बनमा हुँदा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी-२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। सन् २०१७ मा नेपाली यू-१९ टोलीले भारतलाई हराउँदा उनी नेपालका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

‘वेष्ट इण्डिजसँगको सम्झौता सकिन लागेको छ। नेपाली क्रिकेटलाई नजिकबाट नियालिसक्नुभएका कारणले उहाँले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा गरेका छौं,’ ती पदाधिकारीले नेपाल लाइभसँग भने। यसअघि डेभ ह्वाटमोर मुख्य प्रशिक्षक भएर आउँदा उनको पनि चर्चा भएको थियो। तर, त्यो बेला ह्वाटमोरलाई ल्याएको थियो।

यता, नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक श्रीलंकन पूर्वखेलाडी पुबुदु दासानायके फेरि फर्कने चर्चा पनि उत्तिकै छ। दासानायके नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक हुन्। उनी नेपाललाई पहिलोपटक टी-२० विश्वकप खेलाउने प्रशिक्षक हुन्।

दासानायकेले पनि नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन्। मोन्टी देसाईसँग सम्झौता हुन नसके उनीसँग सेवासुविधाबारे वार्ता अघि बढाइने क्यान स्रोतले जनाएको छ। दासानायके पछिल्लोपटक एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक भएर आएका थिए।

यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको मुख्य प्रशिक्षक रहेका दासानायकेको पालामा नेपाली क्रिकेट टोलीले सन् २०१४ को टी-२० विश्वकपमा गतिलो छाप छोडेको थियो। बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको नेपालले बंगलादेशलाई गतिलो चुनौती दिएको थियो। पुबुदुकै प्रशिक्षणमा क्यानडाले पनि सन् २०११ मा एक दिवसीय विश्वकप खेलेको थियो।

त्यसपछि उनी नेपाल आएका थिए। उनको नेतृत्वमा नेपाल विश्वकप क्रिकेट लिग डिभिजन फोर, डिभिजन थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टी-२० उपविजेता हुँदै आईसीसी छनोट पार गरेर विश्वकप खेलेको थियो।

तर, क्यानसँग विवाद सुरु भएपछि उनी नेपाल छोडेर गएका थिए। त्यसपछि उनी अमेरिकाको क्रिकेट टिमको प्रशिक्षक भएका थिए।

ह्वाटमोर छनोटमा पर्दा दासानायकेले पनि आवेदन दिएका थिए। ‘उहाँ हाम्रो रोजाइ पनि हो। उहाँलाई दोस्रो अप्सनमा राखेका छौं। उहाँ पनि नेपाली टोली सम्हाल्न सकारात्मक हुनुभएको छ,’ क्यानका ती पदाधिकारीले भने।

उच्च पारिश्रमिक र सेवासुविधा माग्ने प्रशिक्षकलाई नियुक्ति दिन क्यानका लागि मुस्किल हुने देखिन्छ। ‘हामीसँग आयस्रोत छैन। आईसीसीसँग नै निर्भर छौं। अब धेरै पारिश्रमिक र सेवासुविधा लिनेभन्दा पनि कममा राम्रो गर्न सक्ने प्रशिक्षक चुन्नेछौं,’ ती पदाधिकारीले भने। नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेका दासानायकेलाई टोलीको जिम्मा दिँदा ब्याटिङमा देखिएको समस्या समाधान गर्ने आशा क्यानको छ।

यता, श्रीलंका मूलका अस्ट्रेलियाली पूर्वक्रिकेटर अशंखा गुरुसिंहा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दौडमा छन्। अशंखाले ११ वर्ष क्रिकेट खेलेका थिए। सन् १९९६ मा श्रीलंकाले विश्वकपको उपाधि जित्दा अशंखा टोलीका महत्त्वपूर्ण सदस्य थिए। खेलाडी जीवनपछि उनी प्रशिक्षकका रुपमा सक्रिय छन्। सन् २०१७ मा श्रीलंका टिमको म्यानेजर रहेका उनले सन् २०२० को अन्तिममा नाइजेरिया क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेर काम गरेका थिए।

प्रशिक्षकको ‘ए’ लेभल गरेका उनी अस्ट्रेलियाको स्टेट लेभलमा पनि काम गरेका छन्। क्यानले नयाँ प्रशिक्षकको सूचीमा उनलाई पनि राखेको छ।

प्रशिक्षकको दौडमा रहेका अन्य दुई नयाँ नाम ग्रान्ट ब्राडवर्न र रुवान कल्प हुन्। श्रीलंकाका पूर्वक्रिकेटर रुवान कल्पले सन् १९९२ देखि १९९९ सम्म त्यहाँको राष्ट्रिय टोलीबाट खेलेका थिए। खेलाडी जीवनबाट सन्यास लिएपछि उनी सन् २००८ मा बंगलादेशको राष्ट्रिय क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक बनेका थिए।

हालैमात्र उनी ओमानको टी-२० टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका छन्। उनले बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक र स्पिन बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

यता, न्यूजिल्याण्डका पूर्वक्रिकेटर तथा प्रशिक्षक ब्राडवर्न पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न चाहन्छन्। सन् २०१८ देखि २०२१ सम्म उनले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकको रुपमा काम गरेका थिए। त्यसपछि स्कटल्याण्डको टोलीसमेत हेरिसकेका छन्।

सन् २०१४ मा स्कटल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले सन् २०१५ मा भएको आईसीसी विश्वकप क्रिकेटका लागि टोली तयार पारेका थिए। उनले न्यूजिल्याण्डको यू-१९ टोलीको मुख्य प्रशिक्षकको रुपमा पनि काम गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ... शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको हो । शनिबार, साउन २३, २०८३
नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीप र सोपालको स्थानमा हेमन्त र ललितलाई केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
बालेन प्रधानमन्त्री भएपछि हेलो सरकारले के गर्‍यो ? आइतबार, साउन २४, २०८३
जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस् आइतबार, साउन २४, २०८३
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो आइतबार, साउन २४, २०८३
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्