सौराहा(चितवन)- नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसालले मत परिणामलाई सामान्य रुपमा लिएको बताएका छन्।
६ उपाध्यक्षका लागि भएको निर्वाचनमा भुसाल पराजित भएका थिए।
मंगलबार मतगणना सकिएपछि नेपाल लाइभसँग संक्षिप्त कुरा गर्दै भुसालले भने, 'असाध्यै सामान्य रुपमा लिएको छु।'
भुसाले मतपरिणामको विषयमा राजनीतिक टिप्पणी भने नगर्ने बताए।
उपाध्यक्षमा भुसालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार थिए। भुसालबाहेक अन्य उम्मेदवार विजयी भएको भए पनि आधिकारिक मत परिणाम सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।