काठमााडौं– एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले मतदान स्थलमा आचारसंहिता विपरीत वितरण गरिएको पत्रको बचाउ गरेका छन्।
उनले बन्दसत्र हलमा पेस भएको सर्वसम्बत पत्र नै बाँडिएकाले यसलाई गलत भन्न नहुने दाबी गरे। ‘अध्यक्षमण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची हो,’ उनले भने, ‘त्यही बाँडिएको हो अन्य पर्चा बाँडिएको छैन।’ प्रचार अरुले पनि गरेको भन्दै उनले यो अनौठो कुरा नभएको दाबी गरे।
भीम रावल पक्षले पनि आफूहरुको प्रचार गरेको भन्दै उनले यो म्यान्डेड पाएको सूची भएका दाबी गरे।
प्रतिनिधिहरुले सहमति होस् भन्ने चाहाना राखेर म्यान्डेड दिए पनि कतिपय कमरेडहरुले नमानेकाले निर्वाचन भएको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।