सौराहा– एमाले महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका केपी शर्मा ओली पक्षले आचारसंहिता उल्लंघन गर्दै अध्यक्षको अर्का प्रतिस्पर्धी भीम रावल लगायतलाई 'भोट नहाल्ने' सूची वितरण गर्न थालेको छ। ओली पक्षले यस्तो सूची बाँड्न थालेपछि दुईपक्षबीच विवादसमेत भएको छ।
उक्त सूचीमा अध्यक्षका उम्मेदवार रावलसहित बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्तुत गरेबाहेकका नाममा भोट नहाल्न भन्दै काटिएको छ। सूचीमा घनश्याम भुसाल, टंक कार्की र भीम आचार्यको नाममा पनि भोट नहाल्न भनिएको छ।
चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको सूची प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाई वितरण गरिएको छ।
एमाले महाधिवेशन स्थलमा कुनै प्रकारको पर्चा बाढ्न नपाइने आचारसंहिता बनाइएइको छ। प्यानल बनाउन नपाइने निर्णय पनि यसले उल्लंघन गरेको रावल पक्षको आरोप छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।