चितवन– नेकपा एमालेको १० औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्न सर्वाधिकार दिनेहरुले पनि बागी उम्मेदवारी दिएको पाइएको छ।
उक्त प्रस्तावका विरोधी भीम रावल र घनश्याम भुसाल पक्षबाहेक ओलीनिकटस्थले प्रस्तावित नाममा आफू नपरेपछि बागी हालेका हुन्।
ओलीका अतिनिकट मानिने राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, रामवीर मानन्धर, दुर्गाकुमार थापा (स्वस्ति)ले उम्मेदवारी दिएका छन्।
सुदूरपश्चिमबाट उम्मेदवारी दिने सहदेव बोगटी लेखराज भट्टका निकटस्थ हुन्। अध्यक्ष ओलीले नै प्रस्ताव गरेका ओलीइतर पक्षकालाई हराएर बाजी मार्न सकिने दाउ उनीहरुले खोजेको बुझिएको छ।
धेरै प्रतिनिधि ओलीपक्षका आएका कारण उनीहरुले अध्यक्षको प्रस्ताव उलंघन गर्ने साहस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।