सौराहा- नेकपा एमालेका संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रस्ताव अस्वीकार गर्नेलाई उम्मेदवारी दिने अधिकार रहेको बताएका छन्।
चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले उक्त भनाइ राखेका हुन्। पौडेलले सर्वसम्मतिले नेतृत्व चयन गर्ने प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए।
बन्दसत्रको हलबाट उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ। ओलीले प्रस्ताव गर्ने नामावलीमा चित्त नबुझ्नेले उम्मेदवारी दिनसक्ने पौडेलले बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।